चोरीका घटना बढ्दै गएपछि प्यूठानको गौमुखी गाउँपालिकाले चोर समात्नेलाई १० हजार रुपैयाँ पुरस्कारको घोषणा गरेको छ ।
पुस २५ गतेदेखि जिल्ला तथा पालिकाका विभिन्न ठाउँमा लुटेराकै शैलीमा लुटपाटका घटनाहरु बढ्दै गएपछि स्थानीयलाई सचेत रहन र गाउँटोलमा परिचय नखुलेका व्यक्तिहरु आउँदा ध्यान दिन पनि गौमुखी गाउँपालिकाले आग्रह गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर घर्तीले सूचना जारी गरेर पालिकामा परिचय नखुलेका तथा घुमन्ते व्यापारीलाई प्रवेश निषेध गरेको पनि जानकारी गराएका छन्। उनले शंकास्पद व्यक्ति देखेमा तत्काल खबर गर्न आग्रह पनि गरेका छन्।
समूहमा चोरहरुको निगरानी गरी पक्रन सक्नेलाई १० हजार रुपैयाँ पुरस्कार राखेको पनि उनले विज्ञप्तिमा जानकारी गराएका छन्।
त्यस्तै, सबै क्षेत्रमा गठन भएका संघसंस्था, क्लब, आमा समूह र दलका प्रतिनिधिहरुलाई गाउँटोलको रक्षाका लागि सक्रिय रहन पनि गौमुखी गाउँपालिकाले आग्रह गरेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…