काठमाडौँ– खानेपानीमन्त्री अब्दुल खानले पदभार ग्रहणलगत्तै बोतलको पानी मन्त्रालयमा किन भनेर प्रश्न गरेका छन्। माघ २ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम जनमत पार्टीका खानलाई खानेपानी मन्त्रालयका जिम्मेवारी दिइएको हो।
उनले मन्त्रालय प्रवेश लगत्तै कार्यलयमा बोतलका लेबल लगाएको पानी भन्दा धाराको पानी तत्काल उपलब्ध गराउन सचिवलाई निर्देशन दिएका छन्। सचिव इन्जिनियर मणिराम गेलालले काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) सँगको सहकार्यमा सिंहदरबारमा नै धारा जडानको काम सुरु गर्ने जानकारी दिए। मन्त्री खानले सरकार र पार्टीबीचको राजनीतिक कारणले मन्त्रालय आउन ढिला भएको भन्दै कर्मचारीसँग मतभेद नभएको बताए।
खान डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका हुन्। उद्योग वा कृषि मन्त्रालय पाउनुपर्ने अडानमा रहेको जनमतलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले खानेपानी मन्त्रालय दिएको हो।खानेपानी व्यवस्थापनलाई थप मजबुत बनाउनका लागि केयूकेएल, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन र आयोजना कार्यान्वयन निर्देशनालयलाई एकीकृत गर्ने गठित सचिवस्तरीय समिति निर्माण गर्ने प्रस्तावनामा मन्त्री खानले पहिलो हस्ताक्षर पनि गरेका थिए।
खानेपानी मन्त्रालयप्रति डा. राउतको असन्तुष्टि छ। यही असन्तुष्टिको कारण जनमत पार्टी सरकारबाट बाहिरिने बताइरहे पनि मन्त्री खानले ढिलागरी पदभार ग्रहण गरेका हुन्।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…