खानेपानी मन्त्रीको निर्देशन- ‘मन्त्रालयमा धाराको पानी ल्याउनू’

काठमाडौँ– खानेपानीमन्त्री अब्दुल खानले पदभार ग्रहणलगत्तै बोतलको पानी मन्त्रालयमा किन भनेर प्रश्न गरेका छन्। माघ २ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम जनमत पार्टीका खानलाई खानेपानी मन्त्रालयका जिम्मेवारी दिइएको हो।

उनले मन्त्रालय प्रवेश लगत्तै कार्यलयमा बोतलका लेबल लगाएको पानी भन्दा धाराको पानी तत्काल उपलब्ध गराउन सचिवलाई निर्देशन दिएका छन्। सचिव इन्जिनियर मणिराम गेलालले काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) सँगको सहकार्यमा सिंहदरबारमा नै धारा जडानको काम सुरु गर्ने जानकारी दिए। मन्त्री खानले सरकार र पार्टीबीचको राजनीतिक कारणले मन्त्रालय आउन ढिला भएको भन्दै कर्मचारीसँग मतभेद नभएको बताए।

खान डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका हुन्। उद्योग वा कृषि मन्त्रालय पाउनुपर्ने अडानमा रहेको जनमतलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले खानेपानी मन्त्रालय दिएको हो।खानेपानी व्यवस्थापनलाई थप मजबुत बनाउनका लागि केयूकेएल, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन र आयोजना कार्यान्वयन निर्देशनालयलाई एकीकृत गर्ने गठित सचिवस्तरीय समिति निर्माण गर्ने प्रस्तावनामा मन्त्री खानले पहिलो हस्ताक्षर पनि गरेका थिए।

खानेपानी मन्त्रालयप्रति डा. राउतको असन्तुष्टि छ। यही असन्तुष्टिको कारण जनमत पार्टी सरकारबाट बाहिरिने बताइरहे पनि मन्त्री खानले ढिलागरी पदभार ग्रहण गरेका हुन्।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago