एन्फाले दियो अनुमति ‘केपी ओली कप’ गर्न

आगामी फागुनमा ११ गतेदेखि १७ गतेसम्म ‘केपी ओली कप’ फुटबल प्रतियोगिता हुने भएको छ।युवा संघ नेपालले आयोजना गर्न लागेको सो प्रतियोगितालाई अनुमति दिइएको अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईले जानकारी दिए।

फाइल फोटो

‘युवा संघले आयोजना गर्ने भनेर स्वीकृतिको लागि चिठी पठाएको थियो। त्यसमाथि पूर्वप्रधानमन्त्रीको नाममा हुने भनेपछि खुसीको कुरा पनि हो। त्यसलाई हामी स्वागत नै गर्छौं,’ महासचिव राईले भने।

युवा संघले सो प्रतियोगितामा ए डिभिजन क्लबका ८ वटा टिम सहभागी हुने जनाएको छ। प्रतियोगिताका विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ दिइनेछ। प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, च्यासल मैदान र एपिएफको खेल मैदानमा हुने एन्फा महासचिव राईले जनाए।

अहिले दशरथ रंगशाला ए डिभिजन लिगका लागि मर्मत गर्ने काम भइरहेकाले केपी ओली कपका खेलहरू अन्य काठमाडौंकै अन्य मैदानमा हुने जनाए। उनले प्रतियोगिताको सम्पूर्ण आयोजना युवा संघले गर्ने र त्यसमा एन्फाले केही सामग्री र प्राविधिक सहयोग गर्ने बताए।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago