फाइल फोटो
आगामी फागुनमा ११ गतेदेखि १७ गतेसम्म ‘केपी ओली कप’ फुटबल प्रतियोगिता हुने भएको छ।युवा संघ नेपालले आयोजना गर्न लागेको सो प्रतियोगितालाई अनुमति दिइएको अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईले जानकारी दिए।
‘युवा संघले आयोजना गर्ने भनेर स्वीकृतिको लागि चिठी पठाएको थियो। त्यसमाथि पूर्वप्रधानमन्त्रीको नाममा हुने भनेपछि खुसीको कुरा पनि हो। त्यसलाई हामी स्वागत नै गर्छौं,’ महासचिव राईले भने।
युवा संघले सो प्रतियोगितामा ए डिभिजन क्लबका ८ वटा टिम सहभागी हुने जनाएको छ। प्रतियोगिताका विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ दिइनेछ। प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, च्यासल मैदान र एपिएफको खेल मैदानमा हुने एन्फा महासचिव राईले जनाए।
अहिले दशरथ रंगशाला ए डिभिजन लिगका लागि मर्मत गर्ने काम भइरहेकाले केपी ओली कपका खेलहरू अन्य काठमाडौंकै अन्य मैदानमा हुने जनाए। उनले प्रतियोगिताको सम्पूर्ण आयोजना युवा संघले गर्ने र त्यसमा एन्फाले केही सामग्री र प्राविधिक सहयोग गर्ने बताए।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…