झापा। विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरूले काठमाडौंको बल्खुमा प्रहरी घेरा तोड्न खोजेपछि झडप भएको छ ।
प्रसाईंले उत्तेजित भाषण गर्दै समर्थकहरुलाई भड्काएपछि उनीहरु प्रहरी घेरा तोडेर अघि बढ्न खोजेका थिए । त्यसक्रममा बल्खु चोकबाट कालिमाटीतर्फ भीड जान खोजेपछि प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास र पानीका फोहोरा प्रहार गरेको थियो ।
बल्खु क्षेत्र तनावग्रस्त बनेको थियो । उत्तेजित भीडले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् । झडपका क्रममा केही घाइते पनि भएका छन् । प्रसाई र एमालेनिकट युवा संघले बिहीवार एकैदिन राजधानीमा प्रदर्शन गरेका थिए ।
संख्याको हिसाबले तीनकुनेमा एमालेको तुलनामा बल्खुमा प्रसाईंका समर्थक बढी देखिन्थे । उदण्डता पनि प्रसाईंकै भीडमा देखियो । युवा संघको कार्यक्रम शान्तिपूर्ण रूपमै सकियो । प्रसाईंको प्रदर्शनमा झडप भयो, तनाव भयो । भेला हुने क्रममा नै कसैले प्रहरीतिर ढुंगा हानेपछि सानेपातिरको भीडमा भागाभाग भएको थियो ।
प्रदर्शनकारीलाई बल्खुबाट कुलेश्वरतिर रोक्न ठूलो संख्यामा प्रहरी तैनाथ थियो । प्रदर्शनकारी जबर्जस्ती गर्दै थिए । प्रहरीले उनीहरूलाई सम्झाउँदै, ठेल्दै रोकिराखेको थियो । माइकिङ गर्ने व्यक्ति भन्दै थिए, ‘हाम्रो शान्तिपूर्ण आन्दोलनलाई रक्तपातपूर्ण बनाउन घुसपैठ भएको सूचना आएको छ, सुरक्षाकर्मी साथीहरूले बुझिदिनुहोला ।’
केहीबेरपछि उत्तेजक भाषण गर्दै स्वयम् प्रसाईंले ‘अब शहर छिर्ने’ भनेर प्रहरीको घेरा तोड्न प्रदर्शनकारीलाई उक्साए । अनि स्थिति तनावग्रस्त बन्यो । प्रदर्शनकारीसँग घम्साघम्सी परेपछि प्रहरीले दर्जनौँ राउण्ड हवाई फायरसहित अश्रुग्यास प्रहार ग-यो । त्यहाँ फेरि भागाभागको स्थिति बन्यो । प्रदर्शनकारीलाई चारैतिरबाट ढिम्किन नदिने गरी पुलिसहरू बसेका थिए । उनीहरूलाई बल्खु चोक वा मुख्य सडकमै सीमित गर्ने प्रहरी रणनीति देखिन्थ्यो ।
त्यहाँ २० हजारभन्दा बढी मानिस रहेको दाबी गरिएको छ ।प्रदर्शनमा छासमिस राजावादी पनि देखा परेका थिए । राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले पनि प्रसाईंजस्तै उत्तेजक भाषण गरेका थिए ।
मेडिकल व्यवसायी प्रसाईं समूहको विरोध प्रदर्शनमा प्रहरीतर्फ ५ जना घाइते भएका छन्। बिहीबार बल्खुमा विरोध प्रदर्शनका क्रममा झडप हुँदा ५ जना प्रहरी घाइते भएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।उनका अनुसार प्रहरीको मेघाफोन ३ वटा, शिल्ड–११, हेल्मेट–३ वटा र वाटर क्यानन लगायतमा क्षति पुगेको छ। त्यस्तै भीडलाई नियन्त्रणमा लिन प्रहरीले १५७ सेल अश्रुग्यास र ५ राउण्ड रवरको गोली प्रहार गरेको जनाएको छ।
यता प्रदर्शनकारीतर्फ २३ जना सामान्य घाइते भएको र १७ जना उपचारपछि डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ। बाँकी ६ जनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…
नेपाली सेनाले कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म जारी रहने बताएको छ । आज एक…