बिर्तामोड । दक्षिण कोरिया जाने नेपाली युवा–युवतीका लागि लक्षित गरेर झापाको बिर्तामोडमा भाषा प्रशिक्षण कक्षा सञ्चालनमा आएको छ ।
बिर्तामोड–४ स्थित भद्रपुर रोडमा ‘बुसान सिटी’ कोरियन भाषा प्रशिक्षण केन्द्र बिहीबार (आज) देखि सञ्चालनमा आएको हो। ५ बर्ष कोरिया बसाईपछि २ बर्ष काठमाडौंमा कोरियन भाषा प्रशिक्षण रहनुभएका दिलकुमार राईले उक्त प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याउनु भएको हो ।
उक्त केन्द्रको कोशी प्रदेशसभा सदस्य एकराज कार्कीले उद्घाटन गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथि कार्की, बिर्तामोड–७ का वडाध्यक्ष अबिरलकृष्ण खरेललगायतले शुभकामना मन्तव्य राख्नु भयो ।
प्रशिक्षण केन्द्रमा दक्ष भाषा प्रशिक्षक मार्फत कक्षा सञ्चालन, बेसिक, एड्भान्स, मोडल प्रश्न, कक्षा सञ्चालन हुने जनाईएको छ ।
यसका साथै सिबिटी, युबिटी, पिबिटी मोडलमा परिक्षा गराइने, अडियो, भिडियो मार्फत कक्षा सञ्चालन हुने, परिक्षाका लागि मात्र बिशेष तयारी कक्षा सञ्चालन गरिने जनाईएको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…