रामचन्द्र पौडेल राष्ट्रपतिका उम्मेदवारका रुपमा तय

काठमाडौँ- नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित आठ दलको बालुवाटारमा शुक्रबार बसेको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय गरेका छन्।

राष्ट्रपतिको उम्मेदवार कांग्रेसले तय गर्ने भनिए पनि रामचन्द्र पौडेलको नामबारे अनौपचारिक रुपमा टुंगिएको बैठकका एक सहभागीले बताए।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चा सहभागी थिए।

बैठकले राष्ट्रपतिका उम्मेदवारमा कांग्रेसलाई सघाउने निर्णय गरेको एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले देशसञ्चारलाई गराए।

कांग्रेसले अनौपचारिक रुपमा रामचन्द्र पौडेलको नाम राष्ट्रपतिका उम्मेदवारका रुपमा तय गरिसकेको छ भने आठ दलको बैठकमा पनि उनको नामबारे अनौपचारिक सहमति बनेको थियो।

आठ दलीय बैठकका सहमतिबारे शनिबार बिहान ८ बजे ‍औपचारिक रुपमा जानकारी गराइने एक नेताले जानकारी दिए।

 

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago