बिर्तामोड नगरपालिकाको श्रमिक हित कोषको तर्फबाट एक जना श्रमिकलाई राहत प्रदान

बिर्तामोड। बिर्तामोड नगरपालिकाको श्रमिक हित कोषको तर्फबाट सोमवार एक जना श्रमिकलाई राहत प्रदान गरिएको छ । केही महिनाअघि देउनिया पुलमा भएको ट्रक दुर्घटनामा परी घाईते भएका बिर्तामोड नगरपालिका वडा नम्बर २ का बुधलाल राजवंशीलाई नगद ५० हजार रुपैयाँ राहत प्रदान गरिएको हो ।

राजवंशीलाई श्रमिक हित कोषका संयोजक तथा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् । राजवंशी इटा ढुवानी मजदुर हुन् । कोषबाट राहत पाउनको लागि श्रमिक सूचीकृत हुनुपर्ने व्यवस्था रहेको कोषका सचिव तथा नगरका रोजगार शाखा संयोजक होमनाथ भट्टराईले जानकारी दिए।बिर्तामोडमा नगरपालिकाले जारी गरेको श्रमिक सञ्चालन कार्यविधि २०७५ अनुसार श्रमिक हित कोष सञ्चालनमा छ ।

बिर्तामोड नगरपालिकाको यस कोषमा हालसम्ममा १ हजार २ सय ९६ जना सूचीकृत रहेको जनाइएको छ । यस कोषमा सूचीकृत हुने मजदुरहरुको सामूहिक बिमा हुने गरेको छ । यस बिमाबाट श्रमिकको मृत्यु भएमा ७ लाख रुपैयाँ र कार्यस्थलमा दुर्घटना भई घाइते भएमा अधिकतम ७० हजार रुपैयाँ पाउने व्यवस्था छ । बिर्तामोडमा निर्माण मजदुर, ढुवानी मजदुर, यातायात क्षेत्रका मजदुर र विद्युत तथा रंगरोकन क्षेत्रका मजदुरहरु सूचीकृत छन् । राहत चेक हस्तान्तरण कार्यक्रममा कोषका सदस्य अम्बिरकुमार लिङ्देन,भुपाल सापकोटा, सीता सापकोटा, गोकुल राजवंशीको उपस्थिति रहेको थियो ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago