तीन वटा सरकारी वाणिज्य बैंक पनि मर्जर हुनुपर्छः गभर्नर महाप्रसाद अधिकारी

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीन वटा सरकारी वाणिज्य बैंक पनि मर्जर हुनुपर्ने बताएका छन्।

मंगलबार राष्ट्रिय वाणिज्य बैंकको ५८ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरकारको लगानी रहेका तीन वटा वाणिज्य बैंकहरु पनि आपसी छलफल गरेर मर्जरमा जानुपर्ने बताएका हुन्।

पछिल्लो समय निजी क्षेत्रका वाणिज्य बैंकहरुको मर्जरले सरकारी बैंक बन्नुपर्ने अवस्था आएको भन्दै सरकारी बैंकहरुले पनि अहिलेको आवश्यकतालाई बुझेर मर्जरमा जानुपर्ने उनको भनाइ थियो। गभर्नर अधिकारीले निजी क्षेत्रका बैंकहरुले अहिलेको व्यवसायिक आवश्यकता बुझेर मर्जर गरिरहेको बताए।

उनले भने,‘बैंक मर्जरमा राष्ट्र बैंकले बाध्यत्मक व्यवस्था गरेको थिएन। बैंकहरु आफैले व्यवसायिक आवश्यकता बुझेर मर्जर गरिरहनुभएको छ। कतै सरकारी बैंकहरु यो आवश्यकता बुझ्न पछाडि हुनुहुन्न? भन्ने हामीलाई शंका लागिरहेको छ।

यो आवश्यकतालाई महशुस गरेर तीन वटा सरकारी बैंकहरु हुनुहुन्छ, सबैसँग छलफल गरेर वास्तविक आवश्यकता हो भने राष्ट्रिय वाणिज्य बैंक अगाडि बढ्न उपयुक्त हुन्छ।’ गभर्नर अधिकारीले बैंकिङ व्यवसाय चुनौतीपूर्ण व्यवसाय भएको बताए।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago