हरिवंशले किने विद्युतीय गाडी, भन्छन्- बिजुली खपत गरौं

काठमाडौं । कार्बन तटस्थ जीवन बाँच्ने घोषणा गरेका अभिनेता हरिवंश आचार्यले हिंड्डुल र यातायातलाई पनि वातावरणमैत्री बनाउने भएका छन् । यही संकल्प अनुरुप उनले मंगलबार बिजुली गाडी खरिद गरे । ९० लाख रुपैयाँ मूल्य पर्ने बीवाईडी ब्राण्डको एट्टो–३ कार उनले खरिद गरेका हुन् ।

उक्त ब्राण्डले हरिवंशलाई व्यावसायिक दूत समेत बनाएको छ । ‘अब इलेक्ट्रिक गाडी चढ्छु । मैले चढें भने अरुले पनि देख्नुहुन्छ, सिक्नुहुन्छ । पैसा बुझाएको पनि सात महिना भइसकेको थियो । गाडीको आयात बन्द हुँदा ढिलाइ भएको थियो । बल्ल आज गाडी चढ्ने मौका पाएँ,’ आचार्यले अनलाइनखबरसँग भने, ‘हामीले विदेशबाट अर्बौंको तेल ल्याउँछौं । धेरै इलेक्ट्रिक गाडी आउने हो भने ऊर्जाको पनि सदुपयोग हुन्छ ।’

बिजुली खपतको सन्देश दिन हरिवंशले विद्युत प्राधिकरणसँग मिलेर टेलिसिरियल ‘झिलिमिली’मा अभिनय गर्दैछन् । महसञ्चारले निर्माण गर्न लागेको यो सिरियलको छायांकन आगामी आइतबारदेखि सुरु हुँदैछ । बिजुलीको खपत कसरी बढाउने भन्ने अभियानअनुसार यो सिरियल बनाउन लागेको उनले जनाए । ‘चुल्होमा, सिंचाइमा र गाडीमा बिजुली खपत कसरी गर्न सकिन्छ भन्ने सन्देश दिने कथामा सिरियल बन्नेछ,’ उनले भने । अहिले तीनवटा एपिसोडमा सिरियल सुटिङ हुनेछ ।

गत पुस २ गते आफू अभिनित फिल्म ‘महापुरुष’को ५१ दिन मनाउन आयोजित समारोहमा हरिवंशले बाँकी जीवन कार्बन तटस्थ रुपमा बाँच्ने बताएका थिए । सोही कार्यक्रममा उक्त फिल्मलाई मुलुककै पहिलो कार्बन तटस्थ फिल्म घोषणा गरिएको थियो । साथै, हरिवंशले आफ्नो गाउँ काभ्रेमा डेढ सय रुख रोप्ने तयारी गरेका छन् । आगामी वर्षायामलाई लक्षित गरी गर्न लागिएको वृक्षारोपणका लागि पानी ट्याङ्की निर्माणको कार्य भइरहेको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago