गौरा गौतम, बुटबलः नसा बलियो पार्ने, दुखाई कम गर्ने, अपचमा उपयोगी, झाडा पखालामा उपयोगी, कलेजो सम्बन्धि रोगमा उपयोगौ, मुटुको रोगमा उपयोगी, पिसाव खुलाउने, महिनावारी नियमित गर्ने, प्रसवपछि पाठेघर सफा गर्ने, अनुहार सफा बनाउने बहुउपयोगि यूरोपमा बढी फल्ने केशरको माग दिन प्रतिदिन बढ्दो क्रममा छ विश्वकै महँगो र दुर्लभ कृषि उपज मानिने र के.जि १० लाखमा बिक्री हुने केशर नेपालमा भने पर्याप्त मात्रामा उत्पादन भएको पाईंदैन । नेपालको पछिल्लो तथ्याङ्कका अनुसार ७ देखि १० केजि सम्म मात्रै यसको उत्पादन भएको पाईन्छ । विश्वमा केशरको खेती गर्दै आएका देशमा स्पेन, फ्रॉन्स, इटाली, ग्रीस, टर्की, भारत, चीन र जापान रहेका छन् ।

केशरको उपयोगिता

केशरको प्रयोगले नसा बलियो पार्ने, दुखाई कम गर्ने, अपचमा उपयोगी, झाडा पखालामा उपयोगी, कलेजो सम्बन्धि रोगमा उपयोगी, मुटुको रोगमा उपयोगी, पिसाव खुलाउने, महिनावारी नियमित गर्ने, प्रसवपछि पाठेघर सफा गर्ने, अनुहार सफा बनाउने गर्छ ।

केशर खेतीको लागि धेरै गर्मी र धेरै जाडो नहुने हावापानी उपयोगी हुन्छ । केही मात्रामा हिउँ पर्ने तुषारो पर्ने ठाउँमा यसको उत्पादन गर्न सकिन्छ । १५०० देखि २५०० मिटर सम्म गर्न सकिने केशर खेतीको लागि पानी नजम्ने, क्षारयुक्त माटो उपयुक्त हुन्छ ।

केशर खेती गर्ने तरीका

खनेर जमिनमा नै राखीरहने परम्परागत र पात पहेलिन थालेपछि गाना झिक्ने, गाना भण्डार गर्ने र फेरी लगाउने आधुनिक गरी दुई काबाट यसको खेती गर्ने गरिन्छ । असोज महिनामा खेति गर्नुपर्ने केशर खेतिका लागि १ देखि १.५ फिट गहिरो गरी जग्गा खन्ने, एक रोपनीमा ४० डोको गोठेमल राख्ने, ३ फिट चौडा भएको व्याड तयार गर्ने, व्याडको लम्बाई ठाउँ हेरी बनाउने, व्याडको उचाई ६ इन्च जति बनाउने, एक रोपनीमा नाइट्रोजन, फास्फोरस र पोटास ५ के.जि. राख्ने, किराको प्रकोप भएमा मालाथिन पाउडर छर्ने तरिका अपनाउनुपर्ने हुन्छ ।

गर्नुअघि गाना ग्रेडिङ गर्ने, गानामा अनावश्यक टुसाहरु आउने दिने, ठूला टुसाहरु राखी अरु टुसा फाली दिने, तखतामा फुलाउने साइज हेरी २०-३० ग्रामको गानामा दुईवटा राख्ने, व्याडमा फुलाउने रव्याडमा फुलाउन २ इन्च जि लामा टुसा भएमा गाना जमिनमा लगाउने गनुपर्छ ।

लगाउने तरीका र उत्पादन

केशरको गानालाई एक घण्टासम्म वेमिस्टिनको झोलमा डुबाउने, लहर देखि लहरको दुरी १५ से.मि. ६ इन्च राख्ने, गाना

देखि गानाको दुरी १० से.मि. ४ इन्च राख्ने, गहिराई १० से.मि. ४ इन्च सम्म राखेर केशर लगाइसकेपछि परालले छोपिदिने गर्नुपर्छ ।

केशरको फुल १५ दिनपछि फुल्छ । विहान शित ओभाएपछि फुल टिप्ने गर्नुपर्छ । टिपपसकेपछि पानीको मात्रा हटाउनको लागि शिशाको बाकस भित्र मैन काँगजमा फुल राखेर २-३ घण्टासम्म सुकाउने गर्नुपर्छ ।

एउटा फुलमा १०-१५ मि.ग्रा. केशर प्राप्त हुन्छ । एक लाख देखि १.५ लाख फुलबाट एक कि.ग्रा. केशर प्राप्त हुन्छ । १ के.जि. केसर उत्पादन गर्न २५ देखि ३० ग्राम तौल भएका ७५० देखि ८०० गाना आवश्यक पर्छ ।

नेपालमा केशर खेतीको इतिहास

२०१९ सालमा मकवानपुरको टिष्टुङमा खेती परिक्षण गरिएपनि २०४० सालमा तत्कालिन सरकारबाट जुम्लामा केशर खेती गर्न निर्देशन दिएको पाइन्छ । २०४४ सालमा जुम्ला र डोल्पामा र २०४६ र २०४७ सालमा ललितपुरको गोदाँबारीमा केशरको परिक्षण खेती गरिएको थियो ।

अत्यन्तै दुर्लभ र महँगो जडीबुटी मानिने केशर (स्याफ्रोन) को जुम्लामा व्यावसायिक खेती सुरु गरिएको छ । चन्दननाथ नगरपालिका को फाँटमा जिएसएम केशर खेती तथा उत्पादन उद्योगले दुई वर्षैदेखि केशर खेतीको व्यावसायिक उत्पादन सुरु गरेको हो ।

अनुभवी पर्यटन व्यवशायी सरद मल्ल र जुम्लाकै गोविन्दबहादुर शाहीले संयुक्त रूपमा केशरखेती सुरु गरेका हुन । करिब छ रोपनी क्षेत्रफलमा ६१ लाख ५६ हजार ११४ को लागतमा रहेको यो खेतीका लागि उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुध (हिमाली) आयोजनाले ८० प्रतिशत अनुदान रकम दिएको छ ।

खासगरि कामशक्ति बढाउने केसरले सञ्जीवनी बुटीको काम गर्छ । आयुर्वेदका अनुसार केसरले मानिसको कामशक्ति बढाउने, मुत्राशय, कलेजो, मष्तिष्क र आँखाको समस्या पनि हटाउने, गर्भाशयको पीडा कम गराउने, ल्यूकोरिया तथा हिस्टेरिया जस्ता समस्या भोगिरहेका मानिसहरुलाई पनि फाइदा गर्ने, भर्खर जन्मेको बच्चालाई दुधमा मिलाएर केसर खुवाउनाले बच्चा सुन्दर र हृष्टपुष्ट हुने र अनियमित महिनावारी पनि हटाउने काम गर्दछ ।

यसका साथसाथै यसको प्रयोगले पुरुषको वीर्य शक्ति बढाउने, पेट सम्वन्धि विभिन्न समस्याहरु अपच, जलन, वायु विकारजस्ता रोगको समाधान गर्ने, नाकबाट रगत बग्ने समस्या भएमा चन्दनलाई केसरको साथमा पिसेर निधारमा लेप लगाउनाले आँखा मष्तिष्कमा शीतलता महशुस हुने र नाकबाट रगत बगत छोड्ने तथा टाउको दुखेको पनि हटेर जान्छ

यसैगरी बच्चाको टाउको, नाक छाती वा पीठमा लगाईदिनाले राती बच्चा राम्ररी सुत्न सक्ने महिलाको महिनावारीको बेला दुख्ने समस्या, गर्भाशयको सुजन जस्ता समस्या देखिएमा केसरको सेवन गर्दा फाइदा हुन्छ । यसको प्रयोगले तालु खुइलिएको समस्या पनि हटेर जान्छ । थोरै दूधमा एक चिम्टी केसर लगाएर घोट्नुहोस् । यसलाई पेष्ट बनाएर राती सुत्ने बेला टाउकोमा लगाउनुहोस। तपाईको तालु खुइलिएको समस्या हटेर जान्छ ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago