प्रकाश न्यौपाने, पाल्पा ।
सर्वत्र शुक्ल पुप्पाणि प्रशस्तानी सदार्चने
दानकाले च सर्वत्र मन्त्र मते मुदिरयते् !!
बिक्रम सम्बत २०८० साल बैशाख ९ गते शनिबार बिहान ८/३६ देखि १० गते आइतबारको दिन बिहान ८/३८ सम्म उदय तृतीया तिथि रोहणि नक्षत्र । अक्षय तृतीय बैशाख मासको शुक्लपक्षको तृतीया तिथिलाई भनिन्छ । आजकोदिन गङ्गा वा तलाउ गइ स्नानगरि दान , होम जप तपको फल अक्षयको अर्थ कहिल्यै क्षय नभएर स्थायी रहने भएकोले बैशाख शुक्लपक्षको तृतीयाको दिनलाई अक्षय तृतीय भनीएको हो । यसदिन गरिएको दान धर्मबाट कहिल्यै अक्षय अर्थात नाश नहुने फल प्राप्त वा पुन्य प्राप्त हुन्छ यस तिथिलाई दान धर्मको अलि अचुक काल मानीएको छ । त्यसकारण यसलाइ चिरञ्जीवी तिथि पनि भनिन्छ किनभने यसैदिन अाठ चिरञ्जीवी मध्ये एक भगवान जमदग्नि र रेणुकाको सुपुत्रका रूपमा परशुरामको जन्म भएको थियो त्यसकारण परशुराम जयन्ती भन्ने चलन रहेको हो ।
भबिस्यपुराणमा उल्लेख अनुसार आजको दिन गरिएको दान अक्षय हुनि भनी ब्याख्या गरिएको छ विशेष गर्मीमा पसिना धेरै आएर शरीर शिथिलता हुनि भएकोले शरीरमा चिनिको मात्र सन्तुलन राख्न सक्खर सर्वत्र अन्न जौको सातुको प्रयोगलाई अक्षय तृतीया पर्बले जोड दिएको छ । यसपर्बमा कुलपुरोहित ब्राह्मणलाई पुजागरि बस्त्र विभिन्न परिकार ,खाध परिकार दक्षिणा दिएर आफू र आफ्नो परिवारको जीवन शितलताको कामना गर्दै जौ ,चनाको सातु र सर्वत खायर यो पर्व समापन गर्ने चलन पनि छ ।
विशेष यसदिन सुन किन्ने चलन निकै रहेको छ ।( बिहान ८/३८ भित्र उत्तम )
मत्यस्यपुराण उल्लेख अनुसार आजको दिन भगवान शिव को पार्बतीमाताको बिबाह भएको दिन भएकोले कुनै पनि शुभ कार्य घर बास , बच्चाहरुको अन्नप्रासन बिबाह लगायत माङ्गलिक कार्य को लागि साइत हेर्न नपर्ने मान्यता छ साथै लक्ष्मीनारायण पुजा गर्ने चलन पनि छ यस अबसरमा निराहर व्रत बसि बिष्णुलाई अक्षताले पुजागरी राजसुर्य यज्ञको फल प्राप्त हुने हुनाले कुनै पनि शुभ कार्य गर्न राम्रो हुनि कुराको बर्णन गरिएको छ।
चारयुगहरुमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथि बाट भएको हो त्यसैले यसैदिन चार धाम मध्य एक श्री बद्रीनारायणको ढाेका खुल्छ्न । वेदब्यासले यसैदिन महाभारतको रचना गरेका थिए भन्ने विभिन्न पुराणमा उल्लेख छ ।।
कालीगण्डकी ज्योतिष तथा बास्तु सेवा केन्द्र, पाल्पाका संचालक हुनुहुन्छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…