वीरगञ्ज – वीरगञ्जमा पनि भाटभटेनी सुपर मार्केट सञ्चालनमा आएको छ। बिहीबारदेखि विधिवत् रूपमा वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित भाटभटेनी मार्केट सञ्चालनमा आएको हो।
मधेस प्रदेशमै पहिलो पटक वीरगञ्जमा भाटभटेनी सुपरमार्केट सञ्चालनमा आएको हो। भाटभटेनीको २४औ शाखाको रूपमा वीरगञ्जमा सञ्चालनमा आएको सुपर मार्केटले मधेस प्रदेशका पर्सा, बारा रौतहटसँगै भारतीय सीमावर्ती सहर रक्सौलका ग्राहकलाई समेत ध्यानमा राखी खोलिएको हो।
अन्तर्राष्ट्रिय स्तरको सपिङ वीरगञ्जमा पनि उपलब्ध गराउन भाटभटेनी सुपर मार्केट सञ्चालनमा ल्याइएको भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिए।
उनले भाटभटेनीमा ग्राहकको सुविधालाई ध्यानमा राखेर सेवा–सुविधासहितको मार्केट स्थापना गरिएकाले मधेसमा पनि राम्रे व्यापार गर्ने गुरुङको भनाइ छ। उनले मधेस प्रदेशकै जनकपुरमा पनि ०८० साल असार ६ गते भाटभटेनी सुपर मार्केट सञ्चालनमा ल्याइने जानकारी दिए।
‘हामीले ग्राहकको सुविधालाई ध्यानमा राखेर मार्केट सञ्चालनमा ल्याएका छाैँ, राम्रो सेवा दिएपछि ग्राहक खुसी भइहाल्छन्, ‘उनले भने। ‘वीरगञ्जमा सञ्चालनमा आएको भाटभटेनी देशकै सबैभन्दा ठूलो शाखाको रुपमा रहेको गुरुले बताए।
२ बिघा १० कठ्ठा क्षेत्रफल जग्गामा निर्मित सुपर मार्केट स्टोरमा २ लाख ५० हजार स्क्वायर फिटको सपिङ स्पेस छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…