भोलि कांग्रेससँग छलफल गरेर राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने

काठमाडौँ – नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)को संयुक्त बैठक भोलि फेरि बस्ने गरी सकिएको छ।

सिंहदरबारमा बसेको तीन दलको बैठकपछि नेताहरुले भोलि फेरि बसेर राष्ट्रपतिको उम्मेदवारलगायतका विषयमा टुंगो लगाउने प्रतिक्रिया दिए। बैठकपछि माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बैठकमा राष्ट्रपति निर्वाचनको सन्दर्भमा व्यापक छलफल भएको बताए। आजको बैठकमा कुनै ठोस सहमति र निर्णय नभएको र भोलि फेरि बस्ने गरी आजको बैठक सकिएको जानकारी दिए।

उनले भने, ‘राष्ट्रपतिलगायतको उम्मेदवारको सन्दर्भमा ‍के गर्ने भन्नेबारेमा व्यापक छलफल गर्‍यौँ। सहमति र कुनै निर्णय भएको छैन। भोलि फेरि छलफल गरेर टुंग्याउने भन्ने भएको छ।’

यस्तै, जसपा अध्यक्ष उपेन्द्र यादवले सरकार सञ्चालन, राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा आजको बैठकमा छलफल भएको बताए। उनले भने, ‘सरकार, राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनलगायतका विषयहरुमा छलफल भयो। छलफल निरन्तर जारी छ।’

भोलि बिहान ८ बजे नेपाली कांग्रेससहितको बैठक बस्ने भएको छ। बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले भोलि कांग्रेससँग बसेपछि सबैकुरा टुंगो लाग्ने बताए।

उनले भने, ‘तीन दल सँगै कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुँदै आएको थियो। जसलाई अझै विस्तारित गरेर अगाडि बढ्ने कुरा भयो। भोलि नेपाली कांग्रेससँग बसेपछि सबै कुरा टुंगिन्छ। भोलि बिहान ८ बजे नेपाली कांग्रेससहितको बैठक बस्ने छ।’ तीन दलको बैठकअघि माओवादीले जसपा र एकीकृत समाजवादीसँग छुट्टाछुट्टै छलफलसमेत गरेको थियो।

बुधबार नेपाली कांग्रेस र माओवादीबीच भएको छलफलमा पुरानो पाँच दलीय गठबन्धन ब्यूँताउने विषयमा अनौपचारिक समझदारी भएको थियो। त्यसलाई अन्तिम रुप दिन नेताहरुले दिनभरजसो दौडधुप गरे पनि निष्कर्ष भने निस्कन सकेन। राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयन नजिकिँदै गर्दा दलहरुले छलफल तीव्र पारेका छन्।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago