भोलि कांग्रेससँग छलफल गरेर राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने

काठमाडौँ – नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)को संयुक्त बैठक भोलि फेरि बस्ने गरी सकिएको छ।

सिंहदरबारमा बसेको तीन दलको बैठकपछि नेताहरुले भोलि फेरि बसेर राष्ट्रपतिको उम्मेदवारलगायतका विषयमा टुंगो लगाउने प्रतिक्रिया दिए। बैठकपछि माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बैठकमा राष्ट्रपति निर्वाचनको सन्दर्भमा व्यापक छलफल भएको बताए। आजको बैठकमा कुनै ठोस सहमति र निर्णय नभएको र भोलि फेरि बस्ने गरी आजको बैठक सकिएको जानकारी दिए।

उनले भने, ‘राष्ट्रपतिलगायतको उम्मेदवारको सन्दर्भमा ‍के गर्ने भन्नेबारेमा व्यापक छलफल गर्‍यौँ। सहमति र कुनै निर्णय भएको छैन। भोलि फेरि छलफल गरेर टुंग्याउने भन्ने भएको छ।’

यस्तै, जसपा अध्यक्ष उपेन्द्र यादवले सरकार सञ्चालन, राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा आजको बैठकमा छलफल भएको बताए। उनले भने, ‘सरकार, राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनलगायतका विषयहरुमा छलफल भयो। छलफल निरन्तर जारी छ।’

भोलि बिहान ८ बजे नेपाली कांग्रेससहितको बैठक बस्ने भएको छ। बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले भोलि कांग्रेससँग बसेपछि सबैकुरा टुंगो लाग्ने बताए।

उनले भने, ‘तीन दल सँगै कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुँदै आएको थियो। जसलाई अझै विस्तारित गरेर अगाडि बढ्ने कुरा भयो। भोलि नेपाली कांग्रेससँग बसेपछि सबै कुरा टुंगिन्छ। भोलि बिहान ८ बजे नेपाली कांग्रेससहितको बैठक बस्ने छ।’ तीन दलको बैठकअघि माओवादीले जसपा र एकीकृत समाजवादीसँग छुट्टाछुट्टै छलफलसमेत गरेको थियो।

बुधबार नेपाली कांग्रेस र माओवादीबीच भएको छलफलमा पुरानो पाँच दलीय गठबन्धन ब्यूँताउने विषयमा अनौपचारिक समझदारी भएको थियो। त्यसलाई अन्तिम रुप दिन नेताहरुले दिनभरजसो दौडधुप गरे पनि निष्कर्ष भने निस्कन सकेन। राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयन नजिकिँदै गर्दा दलहरुले छलफल तीव्र पारेका छन्।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago