बौद्ध विश्वविद्यालयका अन्तर्गत हुने औपचारिक सभा–समारोहमा बुद्ध बन्दना र बुद्ध मूर्ति अनिवार्य

बुटवल– लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय अन्तर्गत हुने औपचारिक सभा समारोह तथा बैठकहरुमा बुद्ध बन्दना र बुद्धमूर्ति अनिवार्य हुनुपर्ने निर्णय गरेको छ।

विश्वविद्यालयको कार्यकारी परिषद्को बुधबार बसेको बैठकले बुद्ध बन्दना र बुद्धमूर्तिलाई अनिवार्य गरेको हो। बौद्ध विश्वविद्यालय स्थापनाको उद्देश्य अनुरुप बौद्ध दर्शन, संस्कृति, कलाको संरक्षण तथा प्रवद्र्धनका लागि सभासमारोहमा बुद्ध बचनको प्रार्थना र बुद्ध मूर्ति अनिवार्य गरेको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार डा। तिलकराम आचार्यको अध्यक्षतामा बसेको कार्यकारी परिषद्को बैठकले विश्वविद्यालयका सम्पूर्ण निकाय तथा विश्वविद्यालयसंगको सहकार्य वा सहयोगमा हुने जुनसुकै औपचारिक सभा, समारोह, बैठकहरुमा बुद्ध बन्दना वाचन अनिवार्य गरिएको हो।

सभासमारोह स्थलको अग्रभागमा बुद्धमूर्ति अनिवार्य राखिने निर्णय समेत विश्वविद्यालयको गरेको छ। बौद्ध विश्वविद्यालय कार्यालय परिसरलाई पञ्चशीलयुुक्त राख्ने नीति अबलम्बन गरेको छ। बुद्ध र उनका सन्देशको प्रवर्द्धन मूलुकको पर्यटन र समृद्धिसंग समेत जोडिएकाले लुम्बिनी आसपासमा हुने अन्य निकायहरुमा पनि बुद्ध बन्दना र बुद्ध मूर्तिलाई अनिवार्य बनाउन विश्वविद्यालयले आह्वान समेत गरेको छ। बौद्ध विश्वविद्यालयमा हाल बौद्ध दर्शनमा रहेर स्नातक तथा स्नातकोत्तर तहका कक्षाहरु सञ्चालनमा रहेका छन्।

स्नातकोत्तर तहमा बौद्ध दर्शन, आर्कोलोजी एण्ड आर्कोलोजिकल साइट्, म्युजोलोजीलगायत कार्यक्रम सञ्चालनमा रहेका छन्। स्नातक तहमा भोद्ध बौद्ध अध्ययन केन्द्रीय क्याम्पसमा चलिरहेको छ।

त्यस्तै व्यवसायिक विषयतर्फ स्नातकोत्तरमा एग्रो फोरेष्ट्री, डेभलपमेन्ट स्टडिज, इन्भारोमेन्ट साइन्स तथा स्नातक तहमा बीएएलएलबी, बिटिटिएम, बीएआरडी लगायतका कार्यक्रम सञ्चालनमा छन्। विश्वविद्यालयको केन्द्रीय क्याम्पस लुम्बिनी, बुटवल सिटी क्याम्पस तथा देवदहमा स्कुल अन्तर्गत शैक्षिक कार्यक्रम चलिरहेको जनाइएको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago