स्व. खतियासिंह राजवंशीको स्मृतिमा अक्षय कोष स्थापना

झापा। २०६० साल भदौ ३१ गते तत्कालीन माओवादीका कार्यकर्ताले गोली हानी हत्या गरेका राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत खतियासिंह राजवंशीको परिवारले दुर्गा माविमा पाँच लाखको अक्षय कोष स्थापना गरेका छन् ।

आफ्ना बुवाको संझनामा बिर्तामोड ९ स्थित दुर्गा माविका अति विपन्न जेहेन्दार १- १ जना छात्र–छात्रा र बिर्तामोड नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत विद्यार्थी तथा विद्यालयप्रति समर्पित २ जना उत्कृष्ट शिक्षकहरुलाई अक्षय कोषको व्याजबाट नगदसहित सम्मान गर्ने उद्धेश्यले स्व.खतियासिह राजवंशी स्मृति अक्षय कोष स्थापना गरिएको स्व. खतियासिंह राजवंशीका छोरा संजय राजवंशीले बताए ।

अक्षय कोषको संस्थापक दाता स्व. राजवंशीकी श्रीमती शारदा (राधिका) खड्का राजवंशी रहेकी छन् । दाता शारदा, विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षको संयुक्त दस्तखतमा अक्षय कोष सञ्चालन हुनेगरी संझौता गरिएको विद्यालयका निवर्तमान प्रधानाध्यापक कृष्णप्रसाद पाठकले बताए । स्व. राजवंशीका श्रीमती शारदा ,छोराछोरीहरु प्रेमा, वन्दना, विजय, सञ्जय, चेतना, निरु र अजय राजवंशी रहेका छन् ।

बिर्तामोड ७ निवासी राजवंशीलाई तत्कालीन माओवादी कार्यकर्ताहरुले २०६० साल भदौ ३१ गते गरामनी बजारमा गोली प्रहार गरेका थिए । उनको उपचारका क्रममा काठमाडौंको बिर अस्पतालमा असोज ४ गते मृत्यु भएको थियो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago