स्व. खतियासिंह राजवंशीको स्मृतिमा अक्षय कोष स्थापना

झापा। २०६० साल भदौ ३१ गते तत्कालीन माओवादीका कार्यकर्ताले गोली हानी हत्या गरेका राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत खतियासिंह राजवंशीको परिवारले दुर्गा माविमा पाँच लाखको अक्षय कोष स्थापना गरेका छन् ।

आफ्ना बुवाको संझनामा बिर्तामोड ९ स्थित दुर्गा माविका अति विपन्न जेहेन्दार १- १ जना छात्र–छात्रा र बिर्तामोड नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत विद्यार्थी तथा विद्यालयप्रति समर्पित २ जना उत्कृष्ट शिक्षकहरुलाई अक्षय कोषको व्याजबाट नगदसहित सम्मान गर्ने उद्धेश्यले स्व.खतियासिह राजवंशी स्मृति अक्षय कोष स्थापना गरिएको स्व. खतियासिंह राजवंशीका छोरा संजय राजवंशीले बताए ।

अक्षय कोषको संस्थापक दाता स्व. राजवंशीकी श्रीमती शारदा (राधिका) खड्का राजवंशी रहेकी छन् । दाता शारदा, विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षको संयुक्त दस्तखतमा अक्षय कोष सञ्चालन हुनेगरी संझौता गरिएको विद्यालयका निवर्तमान प्रधानाध्यापक कृष्णप्रसाद पाठकले बताए । स्व. राजवंशीका श्रीमती शारदा ,छोराछोरीहरु प्रेमा, वन्दना, विजय, सञ्जय, चेतना, निरु र अजय राजवंशी रहेका छन् ।

बिर्तामोड ७ निवासी राजवंशीलाई तत्कालीन माओवादी कार्यकर्ताहरुले २०६० साल भदौ ३१ गते गरामनी बजारमा गोली प्रहार गरेका थिए । उनको उपचारका क्रममा काठमाडौंको बिर अस्पतालमा असोज ४ गते मृत्यु भएको थियो ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago