काठमाडौँ – नेपाल वायुसेवा निगमका पाँच जना पाइलटलाई निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ। उनीहरुलाई एयर ट्राफिक कन्ट्रोलरको निर्देशन पालना नगरेको कसुरमा निलम्बन गर्न निर्देशन दिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार काठमाडौँबाट हङकङ उडानको जहाजका तीन जना र काठमाडौँबाट जापान उडानको जहाजमा रहेका दुई जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिइएको हो। हङकङ उडेको जहाजका पाइलट नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरेलाई एटीसीको निर्देशन पालना नगरेको कसुरमा निलम्बन गर्न भनिएको हो।
जापान उडेको जहाजमा रहेका वाईपी ज्वार्चन र प्रशन्न रानालाई पनि सोही कसुरमा निलम्बनको निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।
काठमाडौँबाट ती गन्तव्यमा उडान गर्ने क्रममा पाइलटहरुले एटीसीको निर्देशन पालना नगरेको देखिएको छ।
प्राधिकरणका अनुसार यी दुवै उडान शुक्रबारका थिए। यी दुवै उडानमा एटीसीको निर्देशन के थियो भन्ने प्राधिकरणले खुलाएको छैन।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…