प्रदेशस्तरीय तेस्रो मिस्टर ग्यालेक्सी बडीबिल्डिङ प्रतियोगिता चैत २४ र २५ मा

बिर्तामोड। ग्यालेक्सी फिटनेश बिर्तामोडले आगामी चैत २४ र २५ गते प्रदेशस्तरीय तेस्रो मिस्टर ग्यालेक्सी बडीबिल्डिङ च्याम्पियनसीप प्रतियोगिता गर्ने भएको छ ।

फिटनेशले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता गर्न लागिएको जनाएको हो । प्रतियोगिताबारे जानकारी दिँदै आयोजक समितिका अध्यक्ष दिप साउदेन लिम्बूले ५५, ६०, ६५, ७० र ७५ केजी तौल समूहका खेलाडीहरुबीच प्रतिस्पर्धा हुने बताए ।
उनका अनुसार प्रतियोगितामा प्रदेशभरिका जिल्लाबाट एक सय ५० बढी खेलाडीले सहभागिता जनाउनेछन् ।‘प्रतियोगिताको लागि प्रि–सेलेक्सनबाट खेलाडीको छनौट गरिने छ’ ग्यालेक्सीका सञ्चालक तथा आयोजक समितिका कोषाध्यक्ष चन्द्र राना ‘लाफा’ ले भने, ‘२४ गते हुने प्रि–सेलेक्सनबाट प्रत्येक समूहमा २५ खेलाडी सहभागि गराइनेछ ।

२५ गते हुने प्रतियोगिताको फाइनलमा ओभरल विजेताले नगद रु. २ लाखसहित मेडल, ट्रफि र पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उपविजेतालाई नगद रु. एक लाख २५ हजारसहित मेडल, ट्रफि र विभिन्न पुरस्कारहरु प्रदान गरिने समितिका संरक्षक सन्दीप शेर्माले बताए ।
उनका अनुसार तेस्रो हुनेले नगद रु. ७५ हजार, चौथो हुनेले ५० हजार र पाँचौ हुनेले नगद रु. ३० हजार प्राप्त गर्ने छन् ।

समूह चरणका दोस्रोलाई नगद रु. १० हजार, तेस्रोले ५ हजारसहित मेडल, ट्रफि र विभिन्न आकर्षक पुरस्कारहरु प्रदान गरिने छ भने वेस्ट पोजरले रु. १० हजार प्राप्त गर्ने आयोजक समितिले जनाएको छ ।

प्रतियोगितालाई सम्पन्न गर्न १५ लाख रुपैयाँ बढी खर्च लाग्ने बताइएको छ । पत्रकार सम्मेलनकै बीच सुनचाँदी व्यवसायी संघ पाँचथरका अध्यक्ष राजेन्द्र कर्माले प्रथम पुरस्कार रु. २ लाख प्रदान गर्ने घोषणा गरेका छन् ।प्रतियोगिताको मुख्य स्रोत क्लबका सदस्यहरु र केही दाताहरु भएको बताउँदै व्यापारी, संघसंस्था, दाता महानुभावमा सहयोगको आह्वान समेत गरिएको छ । पुरस्कार घोषणा गरेका पाँचथर फिदिम निवासी कर्मालाई ग्यालेक्सी फिट्नेशले खादा ओढाइ सम्मान गरेको थियो ।

आयोजक समितिका अध्यक्ष लिम्बूको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सल्लाहकार रतन लिम्बू, प्रशिक्षक ललित धिमाल, दाता राजेन्द्र कर्मालगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव केशव श्रेष्ठले गरेका थिए ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago