काठमाडौं। नेपाली सांगीतिक बजारमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।
सोही क्रममा नेपाली लोक दोहोरी क्षेत्रको पेरिफेरिमा मौलिक सर्जकको नामबाट परिचित खिमानन्द खरेलको “पारिजातको बोट” बोलको गीत सार्बजनिक भएको छ ।
आफ्नै गाउँ ठाउँमा गुञ्जीने पञ्चेबाजाको स्वादमा तयार भएको यस गीतमा इस्वर सिंह र सुनिता बुढा क्षत्रीको सुमधुर स्वर सुन्न सकिन्छ । खिमानन्द खरेलको लय तथा शब्द र रामचन्द्र चन्दको संगीत संयोजनमा सजिएको यस गीतको म्युजिक भिडियोलाई पाल्पाको रमणीय स्थल बौघागुम्मामा छायांकन गरिएको हो ।सुमन थापाको निर्देशन र कोरियोग्राफीमा तयार भएको भिडियोलाई राम केसीले छायांकन र अमृत चापागाईंले सम्पादन गरेका छन ।
प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् भने भिडियोमा अस्मिता रनपाल, सुमन थापा, दिप्सन छेत्री र नबिना घर्तिको अभिनय देख्न सकिन्छ ।
भिडियोलाई Revensh music Youtube च्यानल मार्फत सार्बजनीक गरिएको हो ।
भिडियो हेर्नुहोस:
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…