काठमाडौं। नेपाली सांगीतिक बजारमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।
सोही क्रममा नेपाली लोक दोहोरी क्षेत्रको पेरिफेरिमा मौलिक सर्जकको नामबाट परिचित खिमानन्द खरेलको “पारिजातको बोट” बोलको गीत सार्बजनिक भएको छ ।
आफ्नै गाउँ ठाउँमा गुञ्जीने पञ्चेबाजाको स्वादमा तयार भएको यस गीतमा इस्वर सिंह र सुनिता बुढा क्षत्रीको सुमधुर स्वर सुन्न सकिन्छ । खिमानन्द खरेलको लय तथा शब्द र रामचन्द्र चन्दको संगीत संयोजनमा सजिएको यस गीतको म्युजिक भिडियोलाई पाल्पाको रमणीय स्थल बौघागुम्मामा छायांकन गरिएको हो ।सुमन थापाको निर्देशन र कोरियोग्राफीमा तयार भएको भिडियोलाई राम केसीले छायांकन र अमृत चापागाईंले सम्पादन गरेका छन ।
प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् भने भिडियोमा अस्मिता रनपाल, सुमन थापा, दिप्सन छेत्री र नबिना घर्तिको अभिनय देख्न सकिन्छ ।
भिडियोलाई Revensh music Youtube च्यानल मार्फत सार्बजनीक गरिएको हो ।
भिडियो हेर्नुहोस:
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…