काठमाडौँ । भदौ १५ गते नारायण रायमाझी सांगीतिक साँझ हुने भएको छ। काठमडौँमा पत्रकार सम्मेलन आयोजना गरी यस बारेमा जानकारी गराइएको हो ।
सांगीतिक साँझ भदौ १५ गते दिउँसो १ बजेबाट ७ बजेसम्म प्रज्ञा प्रतिष्ठानमा हुनेछ । एकल साँझका अवसरमा वरिष्ठ लोकगायक, संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीले आफ्ना गीतहरु प्रत्यक्ष रुपमा प्रस्तुत गर्ने अध्यक्ष रिता थापा मगरले बताइन् ।
उनले एकल साँझको अवसरमा रायमाझीले निर्देशन गर्नुभएको परदेशी २ चलचित्रको पनि शुभारम्भ गरिने बताइन् । कार्यक्रममा देशभरका कलाकार, कला, गीत, संगीत, संस्कृति क्षेत्रमा रुचि राख्ने तथा लोक, कला, संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा लागेका दर्शक, एवं श्रोताहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आयोजित एकल साँझमा नारायण रायमाझीले आफूले गाएका उत्कृष्ट गीतहरु प्रस्तुत गर्नेछन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…