इक्वीस्ट्रेन एसोसिएसनको अध्यक्षमा रवि राजकर्णिकार

काठमाडौं। नेपाल इक्वीस्ट्रेन (घोडचढी) संघको साधारण सभाले रवि राजकर्णिकारलाई अध्यक्षमा निरन्तरता दिदै १६ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार सर्वसम्मत चयन गरेको छ ।

संघमा नवराज सिलवालले वरिष्ठ उपाध्यक्ष, प्रकाशजंग कार्की र रमेशमान मल्लले उपाध्यक्ष, लोकजंग लामाले महासचिव, राममाया तामाङले सचिव तथा प्रेमबहादुर मोक्तानले कोषाध्यक्षको जिम्मेवारी पाए ।

मनऋषि धिताल, सन्तोष बुढाथोकी, हरिप्रसाद श्रेष्ठ, महेश श्रेष्ठ, तेन्जिङ थकाली, कर्मा गुरुङ, ज्ञानेन्द्र श्रेष्ठ, रामसुन्दर वके र सुमन बोम्जन तामाङ सदस्यमा चयन भए ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago