बालेन शैलीमा बिर्तामोड नगरपालिका : बुधबारे हटियाको टहरा भत्काउन थाल्यो

बिर्तामोड । बिर्तामोड नगरपालिकाले बुधबारे हटियाका टहरा भत्काउन थालेको छ ।

व्यापारीहरुलाई आग्रह गरेर पटकपटक समय दिँदा समेत नटेरेपछि डोजर प्रयोग गरी नगरपालिकाले आज दिउँसोदेखि भत्काउन थालेको हो । सयौं सुरक्षाकर्मीको तैनाथीमा ७ वटा डोजरले दिउँसो १२.३० बजेदेखि टहरा भत्काउन थालेका हुन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी , वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने ,नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीलगायतको नेतृत्वमा केहीबेर व्यापारीहरुले डोजर रोक्ने प्रयास गरेका थिए ।

उनीहरुले डोजरमाथि ने चढेर अगाडि बढ्न दिएका थिएनन् । तर , सातवटा डोजरले एकसाथ भत्काउन थालेपछि व्यापारीहर तितरबितर भएका थिए । सुरक्षाकर्मीहरुले बल प्रयोग गर्नुपरेन ।

त्यहाँ जनपद , सशस्त्र र नगर प्रहरी तैनाथ गरिएको छ । पूर्वपट्टिबाट डोजर प्रयोग गरी भत्काउन थालिएको हो । नगरपालिकाले कसैलाई नछोड्ने भएपछि यतिबेला बाँकी व्यापारीहरुले टहराबाट धमाधम आ–आफ्ना सामान निकाल्ने काम गरिरहेका छन् ।

व्यापारीहरुले एउटा डोजरको सीसा फुटाइदिएका छन् भने एउटाको चावी थुतेका थिए ।

यसअघि बुधवारे हटिया खाली गर्न नगरपालिकाले पटकपटक सूचना जारी गरेको थियो ।

दुई दिनअघि माइकिङसमेत गरिएको थियो । टहरा खाली गराई त्यस क्षेत्रमा बहुतले व्यवसायिक भवन बनाउने योजना रहेको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago