बालेन शैलीमा बिर्तामोड नगरपालिका : बुधबारे हटियाको टहरा भत्काउन थाल्यो

बिर्तामोड । बिर्तामोड नगरपालिकाले बुधबारे हटियाका टहरा भत्काउन थालेको छ ।

व्यापारीहरुलाई आग्रह गरेर पटकपटक समय दिँदा समेत नटेरेपछि डोजर प्रयोग गरी नगरपालिकाले आज दिउँसोदेखि भत्काउन थालेको हो । सयौं सुरक्षाकर्मीको तैनाथीमा ७ वटा डोजरले दिउँसो १२.३० बजेदेखि टहरा भत्काउन थालेका हुन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी , वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने ,नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीलगायतको नेतृत्वमा केहीबेर व्यापारीहरुले डोजर रोक्ने प्रयास गरेका थिए ।

उनीहरुले डोजरमाथि ने चढेर अगाडि बढ्न दिएका थिएनन् । तर , सातवटा डोजरले एकसाथ भत्काउन थालेपछि व्यापारीहर तितरबितर भएका थिए । सुरक्षाकर्मीहरुले बल प्रयोग गर्नुपरेन ।

त्यहाँ जनपद , सशस्त्र र नगर प्रहरी तैनाथ गरिएको छ । पूर्वपट्टिबाट डोजर प्रयोग गरी भत्काउन थालिएको हो । नगरपालिकाले कसैलाई नछोड्ने भएपछि यतिबेला बाँकी व्यापारीहरुले टहराबाट धमाधम आ–आफ्ना सामान निकाल्ने काम गरिरहेका छन् ।

व्यापारीहरुले एउटा डोजरको सीसा फुटाइदिएका छन् भने एउटाको चावी थुतेका थिए ।

यसअघि बुधवारे हटिया खाली गर्न नगरपालिकाले पटकपटक सूचना जारी गरेको थियो ।

दुई दिनअघि माइकिङसमेत गरिएको थियो । टहरा खाली गराई त्यस क्षेत्रमा बहुतले व्यवसायिक भवन बनाउने योजना रहेको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago