नेपाल खेलकुद पत्रकार मञ्च झापाको अध्यक्षमा पत्रकार मुखिया

बिर्तामोड। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाको अध्यक्षमा पत्रकार इन्द्रजित मुखिया निर्विरोध चयन भएका छन् ।

शनिवार बिर्तामोडमा भएको मञ्चको तेस्रो अधिवेशनले पत्रकार मुखियाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत गठन गरेको हो ।
नेपाल टेलिभिजनका झापा सम्वाददाता पत्रकार मुखिया दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

उनी आँगन एफएमका प्रवन्ध निर्देशक समेत हुन् । यसअघि पत्रकार हिमाल खरेलको नेतृत्वमा रहेको खेलकुद पत्रकार मञ्चले जिल्लामा आफ्नो उपस्थिति र भूमिकालाई निकै प्रभावकारी बनाएको थियो । झापामा आयोजना गरिएका साना ठूला प्रतियोगितामा खेलकुद पत्रकार मञ्चको समन्वय र सहभागिता अनिवार्य भएको थियो ।

मञ्चको उपाध्यक्षमा प्रेम आचार्य र सचिवमा चिरञ्जीवी घिमिरे चयन भएका छन् । व्लाष्टकर्मी आचार्य झापाका पुराना पत्रकार हुन् । घिमिरे नयाँ पत्रिका दैनिकमा आबद्ध छन् ।
सहसचिव र कोषाध्यक्षमा क्रमशः भूमिका सुब्वा र प्रकाश बानियाँलाई चयन गरिएको छ । सदस्यहरुमा रोहित काफ्ले, तीर्थ तिम्सिना, विष्णु श्रेष्ठ, तिलक योञ्जन, नारायण अर्याल र आयुष निरौला छन् ।
भगिरथ आले मामा संयोजकत्वको निर्वाचन समितिले निर्वाचित पदाधिकारी तथा सदस्यको नाम घोषणा गरेको थियो । मञ्चले खेलकुद विधामा पत्रकारिता गर्दै आएका झापाली सञ्चारकर्मीलाई प्रशिक्षण प्रदान गर्नुका साथै स्पोटर्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।

खेल क्षेत्रको सर्वाधिक लोकप्रिय र धनराशि पुरस्कारसहितको स्पोटर्स अवार्डमार्फत पदक प्राप्त खेलाडी तथा अफिसियललाई मञ्चले सम्मान गर्दै आएको छ ।
मञ्च झापाले यसअघि चारवटा संस्करणको झापा स्पोटर्स अवार्ड कार्यक्रम सम्पन्न गरिसकेको छ । पाँचौँ झापा स्पोटर्स अवार्ड नवनिर्वाचित समितिले मिति घोषणा गरेर आयोजना गर्नेछ ।

यसअघि कोशी प्रदेश खेलकुद बोर्ड उपाध्यक्ष जीना कार्कीले मञ्चको अधिवेशनको उद्घाटन गरेकी थिइन् । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी, नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय महासचिव प्रज्वल ओली, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, झापा जिल्ला उसु संघका अध्यक्ष राजेन्द्र घिमिरे, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मञ्चका सचिव अर्जुन राजवंशीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष अमित खम्बूले स्वागत गरेका थिए । बन्दसत्रमा कोषाध्यक्ष राजु पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago