गायक रामचन्द्र चन्द र समीक्षा अधिकारीको नयाँ गीत ‘घाँटी रेट्नलाई’

२०७९, ८ चैत्र बुधबार १८:३६

काठमाडौं। लोकप्रिय गायक रामचन्द्र चन्दले नयाँ गीत ‘घाँटी रेट्नलाई’ बजारमा ल्याएका छन्।गीतलाई गायक चन्दको अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको छ।गीतमा लोक तथा दोहोरी गायक चन्दसँगै चर्चित गायिका समीक्षा अधिकारीको पनि स्वर छ।

गीतमा एक अर्कालाई प्रेम गर्ने जोडीको वियोगान्त कथालाई देखाइएको छ। प्रेम र विश्वासमा घात गरेको र धोका पाएपछि घाटी रेटेको भाव समेटिएको गीतको म्युजिक भिडिओमा कलाकार चिरञ्जीवी सापकोटा (जिवी चिरन), यशु भट्टराई, अञ्जना दुलाल र रोयल प्रिन्स सिंहको अभिनय छ।भिडिओलाई सिर्जन बरालले निर्देशन गरेका हुन्।

गीतमा नन्दु परियारको सङ्गीत रहेको छ। प्रकाश न्यौपाने शब्द छ। १८ वर्षदेखि निरन्तर गायन क्षेत्रमा सक्रिय गायक चन्द्रले केही महिनाअघि मात्रै मार्मिक गीत ‘आमा छाती चिरिन्छ’ बजारमा ल्याएका थिए। केही महिनाअघि उनको गीत ‘भीरमा रुँदै छु’ ले पनि चर्चा कमाएको थियो। गायक चन्द्रको ‘अँध्यारो’, ‘ माया साह्रै छ’,लगायतका गीत छन्। एक समय गायक चन्दले देवी घर्तीसँग गाएको ‘चरी रुखमा, साँच्चै साथ दिन्छौ र सुख दुखमा’ गीत सर्वाधिक चर्चामा थियो।
    भिडियो हेर्न यस लिङ्कमा क्लिक गर्नुहोला
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु