मेची रङ्गशाला भद्रपुर झापा गोल्डकपमा: संकटा सेमिफाइनलमा

झापा – मेची रङ्गशाला भद्रपुरमा जारी प्रथम भद्रपुर झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै सङ्कटा क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ।

मेची रङ्गशालामा भएको पहिलो क्वार्टरफाइनल खेलमा सङ्कटाका मनिष डाँगीले गरेको गोल नै निर्णायक भयो। उनले खेलको पाँचौँ मिनेटमा गोल गरेका थिए। घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको भद्रपुर ब्लेजर्स आक्रामक खेल खेले पनि पराजित हुन पुग्यो। आयोजकले खेल अवधिभर दर्जनभन्दा बढी अवसर बनाउँदा पनि सदुपयोग गर्न सकेन।

सुरुआतमै दबाबमा परेको आयोजक गोल गर्न चुक्दा क्वार्टरफाइनलबाटै बाहिरनुपर्‍यो। आयोजक भद्रपुर ब्लेजर्सका दुई गोल बारमा ठोकिएर फर्किएका थिए। पहिलो गोलपछि भने सङ्कटाले थप गोल गर्न सकेन। त्यसपछि सङ्कटाले रक्षात्मक खेल खेल्यो।

प्लेयर अफ द म्याच सङ्कटाका गोलरक्षक टीकेन्द्रसिंह थापा घोषित भए। उनले नगद रु २० हजार पुरस्कार पाए।

बुधबारको क्वार्टरफाइनल खेल चर्च ब्वाइज र गत वर्षको लिग विजेता मच्छिन्द्र क्लबबीच हुने आयोजक भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago