झिलझिलेमा रहेको वाटर किङ्गडम पार्कमा यही फागुन १ बाट महोत्सव हुने

झापा। झापाको शिवसताक्षी ८ स्थित झिलझिलेमा रहेको वाटर किङ्गडम पार्कमा यही फागुन १ गतेदेखि ५ गतेसम्म जातीय संस्कृतिको जगेर्नाका लागि संस्कृति उत्थान महोत्सव हुने भएको छ ।

नेपाल र भारतका पर्यटकको रोजाइमा परेको प्रदेश १ कै सबैभन्दा ठूलो वाटर रिसोर्टको पहिचान बनाएको पार्कले विद्यालय स्तरका बालबालिकालाई लक्षित गरी विविध नेपाली जातीय पहिचानसहित साँस्कृतिक गतिविधि गर्ने गरी महोत्सवको आयोजना गर्ने भएको हो ।

पार्कका सञ्चालक राजकुमार संग्रौलाका अनुसार बिहान १० बजेबाट बेलुका ७ बजेसम्म हरेक दिन चल्ने महोत्सवमा प्रत्येक दिन ३ वटा जातीय परिकारसहित साँस्कृतिक गतिविधि सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने तयारी रहेको संग्रौलाको भनाइ छ ।

कार्यक्रम आयोजक समितिकी संयोजक मेनुका संग्रौलाका अनुसार महोत्सवभरि पार्कमा प्रवेश शुल्क लाग्ने छैन भने हरेक दिन नयाँ नयाँ जातीय पहिचान झल्कने गतिविधि वातावरण दर्शकका लागि आकर्षण रहने छ ।

महोत्सवमा आदिवासी जनजातिको परम्परागत हातहतियार, भेषभुषा, बाजागाजा, भाषा लिपि जनाउने वस्तुहरू महोत्सवभरि राखिने छन् भने हरेक दिन फरक फरक जातिका नृत्यहरू आकर्षणका रूपमा रहने कार्यक्रमकै अवसरमा नेपालकै दोस्रो ठूलो राष्ट्रिय झण्डा फहराइने आयोजकको भनाइ छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago