झिलझिलेमा रहेको वाटर किङ्गडम पार्कमा यही फागुन १ बाट महोत्सव हुने

झापा। झापाको शिवसताक्षी ८ स्थित झिलझिलेमा रहेको वाटर किङ्गडम पार्कमा यही फागुन १ गतेदेखि ५ गतेसम्म जातीय संस्कृतिको जगेर्नाका लागि संस्कृति उत्थान महोत्सव हुने भएको छ ।

नेपाल र भारतका पर्यटकको रोजाइमा परेको प्रदेश १ कै सबैभन्दा ठूलो वाटर रिसोर्टको पहिचान बनाएको पार्कले विद्यालय स्तरका बालबालिकालाई लक्षित गरी विविध नेपाली जातीय पहिचानसहित साँस्कृतिक गतिविधि गर्ने गरी महोत्सवको आयोजना गर्ने भएको हो ।

पार्कका सञ्चालक राजकुमार संग्रौलाका अनुसार बिहान १० बजेबाट बेलुका ७ बजेसम्म हरेक दिन चल्ने महोत्सवमा प्रत्येक दिन ३ वटा जातीय परिकारसहित साँस्कृतिक गतिविधि सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने तयारी रहेको संग्रौलाको भनाइ छ ।

कार्यक्रम आयोजक समितिकी संयोजक मेनुका संग्रौलाका अनुसार महोत्सवभरि पार्कमा प्रवेश शुल्क लाग्ने छैन भने हरेक दिन नयाँ नयाँ जातीय पहिचान झल्कने गतिविधि वातावरण दर्शकका लागि आकर्षण रहने छ ।

महोत्सवमा आदिवासी जनजातिको परम्परागत हातहतियार, भेषभुषा, बाजागाजा, भाषा लिपि जनाउने वस्तुहरू महोत्सवभरि राखिने छन् भने हरेक दिन फरक फरक जातिका नृत्यहरू आकर्षणका रूपमा रहने कार्यक्रमकै अवसरमा नेपालकै दोस्रो ठूलो राष्ट्रिय झण्डा फहराइने आयोजकको भनाइ छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago