साम्राज्ञी भन्छिन्- हिरो हिरोइले फिल्म हिट हुने होइन

काठमाडौं । ‘हिरो हिरोइन राखेर फिल्म हिट हुने होइन । फिल्म राम्रो बनाए मात्र दर्शक हेर्न जानुहुन्छ ।’

अभिनेत्री साम्राज्ञी शाहले आइतबार आयोजित फिल्म ‘ह्यारीकी प्यारी’को पत्रकार सम्मेलनमा बताएका अभिव्यक्ति हुन् यी । उनले घुमाउरो ढंगले फिल्म नचल्नुमा निर्माता र निर्देशक जिम्मेवार रहेको बताउन खोजेकी हुन् । लाखौं पारिश्रमिक लिएर पनि फिल्म हिट गराउन नसकेको भन्ने आलोचनाको पृष्ठभूमिमा उनको यस्तो भनाइ सार्वजनिक भएको हो ।

साम्राज्ञीले फिल्म नचल्नुमा कलाकारको भूमिका नभएको प्रष्टीकरण दिइन् । ‘ह्यारीकी प्यारी’मा जितु नेपाल र साम्राज्ञीको जोडीलाई लिएर सामाजिक सञ्जालमा चलेको चर्चाबारे उनको यस्तो टिप्पणी आएको हो । कलाकारलाई हेर्न भन्दा फिल्म राम्रो भए मात्र दर्शक हलमा पुग्ने उनको भनाइ छ ।

आफूले पहिलोपटक कमेडी फिल्म गरेको र मनपर्ने जनरा समेत कमेडी भएको साम्राज्ञीले बताइन् । पहिलोपटक गाउँले परिवेश र कथावस्तुमा बनेको फिल्ममा समेत साम्राज्ञीको यो पहिलो फिल्म हुनेछ । ‘म बच्चैदेखि रोमकम र कमेडी हेरेर हुर्किएकी हुँ । मेरो मनपर्ने जनरा पनि कमेडी हो,’ उनले भनिन्, ‘अबको मेरो फिल्मको प्राथमिकता र छनोट पनि कमेडी र यस्तै कथावस्तु हुनेछ ।’

फिल्म छायांकनको बेलाको अनुभव बाँड्दै उनले ह्यारीकी प्यारीमा  गाउँमा सुट हुँदा कठिन भएको , गाउँका कतिपय शब्द बोल्न आउने थिएन भनिन् । यो फिल्म कुनै एउटा उमेरलाई लक्षित गरेका छैनौं । जनतालाई नै टार्गेट गरेका छौं । नेपालीपन त भइहाल्यो । स्टोरीमा कति कुरा मन छुने छन् ।’

उनले अब आफू संख्याभन्दा गुणमा आधारित फिल्ममा काम गर्ने बताइन् । ‘अब क्वान्टिटीभन्दा क्वालिटी फिल्ममा काम गर्छु र त्यस्तै फिल्म मेरो रोजाइमा पर्छन् । फिल्मको प्रस्ताव धेरै आए पनि छनोट गरेर मात्र निधो गर्छु,’ साम्राज्ञीले भनिन् ।

डा. कपिल रिजाल निर्देशित फिल्म ‘ह्यारीकी प्यारी’ माघ २० गते रिलिज हुँदैछ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago