काठमाडौं । ‘हिरो हिरोइन राखेर फिल्म हिट हुने होइन । फिल्म राम्रो बनाए मात्र दर्शक हेर्न जानुहुन्छ ।’
अभिनेत्री साम्राज्ञी शाहले आइतबार आयोजित फिल्म ‘ह्यारीकी प्यारी’को पत्रकार सम्मेलनमा बताएका अभिव्यक्ति हुन् यी । उनले घुमाउरो ढंगले फिल्म नचल्नुमा निर्माता र निर्देशक जिम्मेवार रहेको बताउन खोजेकी हुन् । लाखौं पारिश्रमिक लिएर पनि फिल्म हिट गराउन नसकेको भन्ने आलोचनाको पृष्ठभूमिमा उनको यस्तो भनाइ सार्वजनिक भएको हो ।
साम्राज्ञीले फिल्म नचल्नुमा कलाकारको भूमिका नभएको प्रष्टीकरण दिइन् । ‘ह्यारीकी प्यारी’मा जितु नेपाल र साम्राज्ञीको जोडीलाई लिएर सामाजिक सञ्जालमा चलेको चर्चाबारे उनको यस्तो टिप्पणी आएको हो । कलाकारलाई हेर्न भन्दा फिल्म राम्रो भए मात्र दर्शक हलमा पुग्ने उनको भनाइ छ ।
आफूले पहिलोपटक कमेडी फिल्म गरेको र मनपर्ने जनरा समेत कमेडी भएको साम्राज्ञीले बताइन् । पहिलोपटक गाउँले परिवेश र कथावस्तुमा बनेको फिल्ममा समेत साम्राज्ञीको यो पहिलो फिल्म हुनेछ । ‘म बच्चैदेखि रोमकम र कमेडी हेरेर हुर्किएकी हुँ । मेरो मनपर्ने जनरा पनि कमेडी हो,’ उनले भनिन्, ‘अबको मेरो फिल्मको प्राथमिकता र छनोट पनि कमेडी र यस्तै कथावस्तु हुनेछ ।’
फिल्म छायांकनको बेलाको अनुभव बाँड्दै उनले ह्यारीकी प्यारीमा गाउँमा सुट हुँदा कठिन भएको , गाउँका कतिपय शब्द बोल्न आउने थिएन भनिन् । यो फिल्म कुनै एउटा उमेरलाई लक्षित गरेका छैनौं । जनतालाई नै टार्गेट गरेका छौं । नेपालीपन त भइहाल्यो । स्टोरीमा कति कुरा मन छुने छन् ।’
उनले अब आफू संख्याभन्दा गुणमा आधारित फिल्ममा काम गर्ने बताइन् । ‘अब क्वान्टिटीभन्दा क्वालिटी फिल्ममा काम गर्छु र त्यस्तै फिल्म मेरो रोजाइमा पर्छन् । फिल्मको प्रस्ताव धेरै आए पनि छनोट गरेर मात्र निधो गर्छु,’ साम्राज्ञीले भनिन् ।
डा. कपिल रिजाल निर्देशित फिल्म ‘ह्यारीकी प्यारी’ माघ २० गते रिलिज हुँदैछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…