सुन तस्करी प्रकरणमा समातिनेको संख्या १०

काठमाडौँ- हङकङबाट अवैध तरिकाले काठमाडौँ भित्र्याइएको करिब सय किलो सुन प्रकरणमा थप एकजना पक्राउ परेसँगै यसमा पक्राउ पर्नेहरुको संख्या १० पुगेको छ।

ट्रान्स ग्लोबल सर्भिसका अर्का सञ्चालक कृष्णकुमार श्रेष्ठ पनि बिहीबार राति कोटेश्वरबाट पक्राउ परेका छन्। योसँगै सुन तस्करी आरोपमा अहिलेसम्म पक्राउ पर्नेको संख्या १० पुगेको छ।

यसअघि ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ पक्राउ परेका थिए। राजस्व अनुसन्धानको टोलीले उनीहरूलाई काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिसकेपछि बरामद भएको सुन हङकङबाट कसले पठाएको र कसका लागि पठाएको भन्नै अझै खुलेको छैन।

बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो। क्याथे फ्यासिफिकमार्फत आएको उक्त सुन हङकङबाट सिधै रेडी ट्रेड लिंक बूढानीलकण्ठको नाममा आएको स्रोतले बताएको छ। स्रोतका अनुसार यसरी कार्गो गरेर सुन पठाउने ब्यक्तिका साथै लिने सम्बन्धित व्यक्तिकोसमेत पहिचान खुलेको छैन।

बुधबार हङकङ हुँदै आएको करिब एक सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।

हङकङमा पनि उक्त परिमाणको सुन कहाँबाट र कसरी आयो भन्नेबारे हालसम्म खुलेको छैन।मोटरसाइकल र स्कुटरको ब्रेक सुभित्र लुकाएर ल्याइएको सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । बरामद भएको सुन करिब १ सय केजी भनिए पनि सुनको परिमाण यकिन भइसकेको छैन। सुनको यकिन परिमाण थाहा पाउन विभागले सुन जोख्न राष्ट्र बैंक पठाएको हो ।

यसअघि यस प्रकरणमा एक चिनियाँ नागरिक सहित ७ जना पक्राउ परिसकेका छन्। जसमध्ये ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिइसकेको छ भने चिनियाँ नागरिकलाई भोलिसम्ममा अदालत लगेर म्याद थपिने छ।

Comments
Sanjay poudyal

Recent Posts

फोरेक्स रेमिटेन्सद्वारा मोवाईल एप्लिकेसन संचालन

जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…

55 years ago

बिर्तामोड रन २०८१: आजैबाट अनलाइन दर्ता खुल्ला

बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…

55 years ago

“उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४ को दोश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न”

दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…

55 years ago

“सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ: रास्वपा कार्यकर्ताको प्रधानमन्त्रीविरुद्ध नाराबाजी”

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…

55 years ago

“चीनको विद्युतीय क्रान्ति: विश्वका ठूला कार निर्माता संकटमा, बीवाईडीले लियो अग्रस्थान”

काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…

55 years ago

“समर्पण टुर २०२४: लण्डन म्युजिक हलमा सबिन राई एण्ड द फरोजको पहिलो ऐतिहासिक लाइभ प्रस्तुति”

काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…

55 years ago