काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे विद्रोह हुने चेतावनी दिएका छन्।
आइतबार काठमाडौँमा आयोजित १४ औँ राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले जनयुद्ध पनि जनताका माग र गुनासा नसुन्दाको विरोधमा भएको भन्दै अहिले पनि सोही स्थिति आइरहेको बताए। उनले सरकारले मन्त्रीपरिषद्मा जनचाहना अनुरुपका प्रस्तावहरु गरे आफूले सडकबाट साथ दिने प्रतिबद्धता जनाए।
उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एकपटक पुनः माओवादी बनेर काम गर्न आग्रह गरे। उनले जनताका माग पूरा गर्न माओवादी बनेर मात्रै सम्भव रहेको उल्लेख गरे।
उनले भने, ‘नेपालमा अहिले पनि क्रान्ति जारी छ। जनयुद्ध पनि के को परिणाम थियो भन्दा मानिसले न्याय खोज्दा खोज्दा नपाएपछिको विद्रोह थियो। जनताका चाहनालाई समयमा नै सम्बोधन, संगठित गरिएन भने आगोमा विद्रोहमा बदलिन्छन्।
हरेक योद्धाहरुले क्रान्तिमा भाग लिइरहेको जस्तो अनुभुति गर्दछन्। आज त्यस्तै अनुभुति भइरहेको छ।
मैले भनेको छु, क्याबिनेटमा प्रस्ताव गर्नुहोस् हामी रत्नपार्कमा बसेर साथ दिनेछौँ। हामी हरेक नराम्रा कामको बिरुद्धमा उभिन तयार छौँ। तर एकपटक प्रचण्ड कमरेड फेरि माओवादीजस्तो बन्नुपर्छ नि।’
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…