काठमाडौँ – कि इन्टरटेन्मेन्ट तथा ए.डी.रिलिजको सहकार्यमा यही चैत्र २ गतेदेखि लोकप्रिय कमेडी सो मुन्द्रेको कमेडी क्लब नियमित रुपमा उत्पादन गरी सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबको नामबाट कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने भएको छ। र युट्युबमा ओएसआर डिजिटलबाट प्रसारण हुनेछ।
उक्त कार्यक्रमको मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको छ भने कार्यक्रमको मार्केटिङ ए.डी.रिलिज प्रा.लि.ले गर्दैछ।
चैत्र २ गतेबाट प्रत्येक बिहीबार बेलुकी ९ः०० बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण गरिने मुन्द्रेको कमेडी क्लबका मुख्य कलाकारका रुपमा चर्चित हाँस्य कलाकार जितु नेपाल र नायिका प्रियांका कार्की रहेका छन्।
त्यसैगरि कलाकारहरु दमन रुपाखेती, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटाको साथै अन्य कलाकारहरुको पनि विभिन्न भागहरुमा उपस्थिति रहने छ। कार्यक्रमको निर्देशन दिनेश डि.सी.ले गर्ने भएका छन्।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…