काठमाडौँ – कि इन्टरटेन्मेन्ट तथा ए.डी.रिलिजको सहकार्यमा यही चैत्र २ गतेदेखि लोकप्रिय कमेडी सो मुन्द्रेको कमेडी क्लब नियमित रुपमा उत्पादन गरी सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबको नामबाट कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने भएको छ। र युट्युबमा ओएसआर डिजिटलबाट प्रसारण हुनेछ।
उक्त कार्यक्रमको मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको छ भने कार्यक्रमको मार्केटिङ ए.डी.रिलिज प्रा.लि.ले गर्दैछ।
चैत्र २ गतेबाट प्रत्येक बिहीबार बेलुकी ९ः०० बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण गरिने मुन्द्रेको कमेडी क्लबका मुख्य कलाकारका रुपमा चर्चित हाँस्य कलाकार जितु नेपाल र नायिका प्रियांका कार्की रहेका छन्।
त्यसैगरि कलाकारहरु दमन रुपाखेती, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटाको साथै अन्य कलाकारहरुको पनि विभिन्न भागहरुमा उपस्थिति रहने छ। कार्यक्रमको निर्देशन दिनेश डि.सी.ले गर्ने भएका छन्।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…