सामुदायिक सेवा केन्द्र पाल्पाको साधारणसभा सम्पन्न

पाल्पा । समाजमा प्रहरी र समुदाय बिच पुलको रुपमा रहेको संस्था सामुदायिक सेवा केन्द्र तानसेन पाल्पाको १२ औ साधारणसभा सम्पन्न भएको छ । सभाको अवसरमा प्रमुख अतिथीका रुपमा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका लागी सबैको हितकारी संस्था सामुदायिक सेवा केन्द्र रहेको बताउनुभयो । प्रजीअ पन्तले थप सहजीकरण गर्न र संस्थाको गतिबिधी बढाउन आग्रह गर्नुभयो  । स्थापनाकालका पदाधिकारी तथा केन्द्रका संरक्षण जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनक बहादुर शाहीले केन्द्रले गरेका कार्यको प्रसंशा गर्नुभएको थियो ।

बिक्रम सम्बत २०६४ सालमा स्थापना भएको संस्थाले समाजका बिकृती न्यूनीकरण गर्न कार्य गरेको छ । सामुदाय र प्रहरीको सहकार्यतामा केन्द्रले स्थानीय समुदायमा हुने घरेलु समस्या, स्वास्थ्य उपचारको लागी असहाय असक्तलाई सहजीकरण , शिक्षाको पहुचमा पुर्याउने, घरायसी झैझगडा न्यूनीकरण लाई सहजीकरण, सार्वजनिक यातायातका यात्रुका समस्याहरु, मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकलाई परामर्श, विभिन्न सचेतनामुलक कार्यक्रम तथा बाताबरण सरसफाईका काम मठमन्दिर, सार्बजनिक स्थल खानेपानीका सार्वजनिक धाराको सरसफाइ लगायत समाजलाई हित हुने कार्य गरिरहेको छ ।

केन्द्रको मुख्य आयश्रोत आजिवन सदस्यबाट आम्दानी भएको रकम र बैंकबाट प्राप्त ब्याज रहेको छ । तानसेन नगरपालिकाको सहयोगमा भवनको पुननिर्माण  भएको छ । केन्द्रका अध्यक्ष जय प्रकाश उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रको वार्षिक साङ्गठनिक प्रतिबेदन सचिब कमल तिमिल्सिना र आर्थिक प्रतिबदेन कोषाध्यक्ष राजेश भट्टराईले प्रस्तुत गर्नुभएको थियो ।
केन्द्रको चौथो अधिबेशनबाट जय प्रकाश उप्रेतीको अध्यक्षतामा निर्बिरिध १३ सदस्यीय कार्यसमिति चयन भएको छ ।

bhabindra gautam

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago