जहाँ मनमनै होइन चिच्याएर वर मागिन्छ – सत्यवती मेला

पाल्पा । चिच्याएर वर माग्ने स्थान सत्यवतीमा मेलाको तयारी तीव्र पारिएको छ । मङ्सिर ७ गतेदेखि ११ गतेसम्म सत्यवती मेला हुने सत्यवती ताल तथा मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

यो वर्ष सत्यवतीमा बर माग्ने मेला पाँच दिनसम्म सञ्चालन हुनेछ । समितिका अध्यक्ष दानबहादुर गाहाले नेपालमै विशिष्ट पहिचान बोकेको सत्यवतीमा बर माग्ने मेला पाँच दिन हुने जानकारी दिनुभयो । भक्तजनको माग र चाहना अनुसार यो वर्ष पाँच दिन बर माग्ने मेला लाग्ने उहाँले बताउनुभयो ।

फाइल तस्बिर

परापूर्व कालमा सत्यवती बज्यै घना जंगलको बीचमा आइ तपस्या गरेपछि शक्ति प्राप्त गरेको किमबदन्तीमा उल्लेख छ । सत्यवती बज्यै कानले नसुन्ने भएकाले सत्यवती ताल नजिकै पुगेर चिच्याएर बर मागे बज्यैले पूरा गरिदिने जनविस्वास रहेको छ । यही विस्वासका कारण यहाँ हरेक वर्ष कात्तिके र मङ्सिरको पूर्णिमामा मेला लाग्ने गरेको स्थानीय बासिन्दाको भनाई छ ।

बर माग्ने मेलामा हरेक भक्तजनले रातको समयमा बाँस, निगालो, साल आदि जातका लिंगो लिएर तालमा गाँड्ने र आफूले गाँडेको लिंगो भोलिपल्ट चिनेर पूँजा गरेपछि बर मागेर फर्कने परम्परा रहेको छ ।

यहाँ परापूर्व कालदेखि नै बर माग्नका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गरेको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । सत्यवती ताल क्षेत्रको संरक्षण गर्दै बर माग्न आउने भक्तजनको सुबिधाका लागि सडक निर्माणका लागि हरेक वर्ष काम भइरहेको उहाँले जानकारी दिनुभयो । यो वर्ष पनि सिद्धार्थ राजमार्गको झुम्सादेखि सत्यवती तालसम्म पुग्ने बाटो निर्माणका लागि ६० लाख बजेट विनियोजन गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

फाइल तस्बिर

यो वर्ष दुई लाख बढी भक्तजन बर माग्ने मेलामा सहभागी हुने अपेक्षा गरिएको छ । गत वर्ष मेला अबधिमा मात्र २१ लाख बढी भेटी तथा अन्य जिन्सी सामग्री दान सङ्कलन भएको थियो । मेला भव्य रूपमा संचालन गर्न सबै तयारी पूरा भएकाे वडा अध्यक्ष तुलबहादुर आलेले बताउनुभयाे ।

मन्दिरसम्म सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक खण्डमा पर्ने झुम्सा जडिबुटी चोकबाट गाडीमा जान सकिन्छ भने चैबिसमाइल, पानीमिल लगायतका स्थानबाट २ घण्टाको पैदल यात्रामा मन्दिर सम्म पुग्न सकिन्छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago