झापा। बिषालु सर्पको डसाइबाट झापाको हल्दिबारीमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका– २ निवासी अन्दाजी ४५ वर्षीया जितेन राजवंशी रहेकी छिन् । उनलाई शनिबार दिउँसो घरमै बिषालु सर्प करेतले डसेको थियो । सर्पको डसाइबाट गम्भीर घाइते भएकी जितेन लाई उपचारको लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो ।
स्वास्थ्य अवस्था जटिल बनेपछि त्यहाँ उपचार नहुँदा उनलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पु-याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए । श्रीमान् राम राजवंशी, दुई छोरा र दुई छोरीसहित उनी सरस्वती आधारभूत विद्यालय परिसरभित्र बसोबास गर्दै आएकी थिइन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…