स्वास्थ्य मन्त्रालयले आधारभूत तहका कर्मचारीलाई आफैँ तलब खुवाउन निर्देश

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत तका अस्पतालहरुमा रहेका कर्मचारीलाई आफैँ तलब खुवाउन निर्देशन दिएको छ।

मन्त्रिस्तिरी निर्णयका आधारमा मन्त्रालयले मंगलबार ७५३ वटै स्थानीय तहहरुलाई ७ बुँदे परिपत्र जारी गर्दै आधारभूत तहका अस्पतालको व्यवस्थापन आफैँ गर्न भनेको हो।

आउँदो आर्थिक वर्ष २०८०/८१ देखि आधारभूत अस्पतालका कर्मचारीको जिम्मेवारीबाट अर्थ मन्त्रालयले हात झिकेको जानकारी गराउँदै व्यवस्थापनको जिम्मेवारी लिन नसक्ने जनाएको हो।

मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मिति २०७९।०३।२१ मा ५/१०/१५ शैयाको आधारभूत अस्पतालको दरबन्दीको नमूना तयार भएको तर नेपाल सरकारद्वारा हालसम्म संगठन संरचना तथा दरबन्दी स्वीकृत भईनसकेको हुँदा संघीय सरकारमा आर्थिक भार नपर्ने गरी पालिकाको आवश्यकता र आर्थिक श्रोत हेरी कर्मचारीसँगै तलब, भत्ता, अन्य सुविधाको व्यवस्थापन पालिकाबाटै हुन ।

साथै केही स्थानीय तहले आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनको लागि स्वास्थ्यकर्मी नियुक्ति गरेको कारण संघीय सरकारमा थप आर्थिक भार परेको हुँदा आगामी आ।व।मा स्वास्थ्यकर्मीको तलब, भत्ता व्यवस्थापन पालिकाबाटै हुन।’

मन्त्रालयले मन्त्रिपरिषद्बाट स्वीकृत दरबन्दीभित्रको रिक्त पदबाहेक अन्य कुनै पनि पदमा कामकाज गर्न खटाउने गरी सिफारिस नगर्न नगराउन पनि निर्देशन दिएको छ।

आफ्नो कार्यक्षेत्रमा खटिई नियमित रुपमा बिरामीको उपचारमा संलग्न हुनुपर्ने जिम्मेवारी भएकाले सरुवा, काज वा अन्य कुनै पनि बहानामा मन्त्रालय र विभागमा आउने कार्यलाई स्थानीय तहको नेतृत्वले नियन्त्रण र निगरानी गर्न पनि स्वास्थ्यले भनेको छ।

कर्मचारीको अभिलेख व्यवस्थापन गर्ने कार्यलाई प्राथमिकता दिन र कर्मचारीको व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ।
मन्त्रालयले कर्मचारी समायोजन ऐन २०७५ बमोजिम समायोजन भएका कतिपय कर्मचारी समायोजन पत्र बुझेर समायोजन भएको निकायमा हाजिर नभएको भन्दै तत्काल रमाना गरी पठाउने व्यवस्था भनेको छ।

यस्तो छ मन्त्रालयले जारी गरेको परिपत्र

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago