बुधबारबाट पहिलो अन्तर्राष्ट्रिय उडान पोखरा विमानस्थलमा

पोखरा-  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलोपटक अन्तर्राष्ट्रिय उडान हुँदैछ । चिनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको एयरबस ए–३१९ विमानले पोखरा सिधा उडान भर्नेछ ।

बिहान साढे ९ बजे सिचुवान एयरलाइन्सको विमान पोखरा ओर्लने विमानस्थल प्रमुख विक्रम गौतमले बताए । उनका अनुसार चार्टर्ड उडानमा १३० यात्रु सवार हुनेछन् । छेन्दुबाट उडान भरेको पौने ३ घण्टामा पोखरा आइपुग्ने जनाइएको छ ।

पोखराको फेवातालमा दक्षिण एसियामा पटक असार ८ र ९ गते हुन लागेको ‘ड्रागन बोटरेस फेस्टिबल’ मा सहभागी हुने खेलाडी र चिनियाँ पाहुना चार्टर्ड उडानमार्फत पोखरा ओर्लन लागेका हुन् ।

चीन भ्रमणमा रहेका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिम्लिसनाको टोली पनि उक्त उडानमार्फत पोखरा आउनेछ।

पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडानका लागि तयारी पूरा भएको विमानस्थल प्रमुख गौतमले बताए ।एयर ट्राफिक म्यानेजमेन्टदेखि कम्युनिकेशनसम्मको तयारी चुस्तदुरुस्त रहेको गौतमले बताए । उक्त विमान पोखरा १ घण्टा बसेर काठमाडौं उड्नेछ ।‘हाम्रो तयारी त जनवरी १ बाट नै हो । व्यावसायिक पहिलो उडानलाई उत्सवको रुपमा मनाउन तयार छौं’, उनले भने ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरपालिकाले आयोजना गरेको ‘ड्रागन बोटरेस फेस्टिबल’ मा पहिलो पटक अन्तर्राष्ट्रिय उडान भएपनि नियमित भने हुने छैन ।

पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धुमधामका साथ उद्घाटन गरेको विमानस्थल आन्तरिक उडानमै सीमित छ ।

प्रधानमन्त्री दाहालले भारत भ्रमणको क्रममा अन्तर्राष्ट्रिय उडानका लागि सम्झौता गर्ने अपेक्षा गरेका पोखरेली खिन्न छन् ।

चीनको एक्जिम बैंकको झण्डै २२ अर्ब रुपैयाँ सहुलियत ऋणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको हो ।

चिनियाँ निर्माण कम्पनी सीएएमसीले निर्माण गरेको विमानस्थल २०७८ चैत १२ गते नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई विमानस्थलको साँचो हस्तान्तरण गरेर बुझाएका थिए ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २०३२ सालदेखि जग्गा अधिग्रहण सुरु भएको थियो । झन्डै पाँच दशकमा पोखराबाटै वैदेशिक उडान भर्ने गण्डकीबासीको सपना अझै पूरा भएको छैन ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago