समग्र जनतालाई उपयोग हुने बजेट ल्याएका छौँ: अर्थमन्त्री डा. प्रकाशशरण महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले समग्र जनतालाई उपयोग हुने बजेट ल्याएको बताएका छन्।

सोमबार विराटनगरस्थित मोरङ व्यापार संघको ६६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री महतले बजेटमा करको विषय कुरा उठ्नु स्वाभाविक भएको बताए

उनले भने, ‘यो बजेटको सन्दर्भमा करको कुरा उठ्नु स्वाभाविक छ। यसमा मैले निरपेक्ष भावबाट कुनै उद्योग व्यवसाय घराना, आग्रह पूर्वाग्रह नराखिकन काम गरेको छु। यद्यपि यसमा त्रुटि नहोला भन्ने छैन। यसमा सुधारको आवश्यकता हुनसक्छ। तपाईंहरूले औंल्याउनु भएको कुरा समयसापेक्ष सुधार गर्दै जानेछौँ।’

‘बजेट महान हो म भन्दिनँ। पूर्णताको सगरमाथाको टुप्पा पुगेको दाबी गर्दिनँ। दुई महिनाको बीचमा बजेट बनाएको हो। हाम्रो प्रणालीलाई समग्र रूपमा रूपान्तरित हुनका लागि धेरै अभ्यासको खाँचो छ। त्यो समय हामीसँग थिए। त्यसका बावजुद कम समयको भरपुर उपयोग गरेका थियौँ’, उनले भने।

अर्थमन्त्री डा. महले कृषि क्षेत्रलाई आत्मनिर्भर गराउने प्रयासमा भ्याट प्रक्रिया अघि बढाएको बताए।

उनले भने, ‘आन्तरिक उत्पादनलाई मद्दत गर्नेछ। आम नेपालीको उत्पादनलाई यसले प्रेरणा नै दिन्छ। आलु प्याजको उत्पादन मुलुकभित्रै गरी कृषकलाई आत्मनिर्भर बनाउन सकिनेछ।’

ससाना वितरकका लागि करको परिधिभित्र नआउने वातावरण रहेको हुँदा समस्या नहुने बताएका मन्त्री महतले भ्याट आयात गर्नेहरूलाई हुने जानकारी दिए।

कार्यक्रममा पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले सरकारले विराटनगर विमानस्थल स्तरोन्नतिका लागि ध्यान पुर्‍याउन नसकेको बताए।

केन्द्र सरकारले कोशी प्रदेशको राजधानी विराटनगर महानगरलाई न्यायोचित रूपमा हेर्न नसकेको उनको भनाइ थियाे।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago