समग्र जनतालाई उपयोग हुने बजेट ल्याएका छौँ: अर्थमन्त्री डा. प्रकाशशरण महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले समग्र जनतालाई उपयोग हुने बजेट ल्याएको बताएका छन्।

सोमबार विराटनगरस्थित मोरङ व्यापार संघको ६६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री महतले बजेटमा करको विषय कुरा उठ्नु स्वाभाविक भएको बताए

उनले भने, ‘यो बजेटको सन्दर्भमा करको कुरा उठ्नु स्वाभाविक छ। यसमा मैले निरपेक्ष भावबाट कुनै उद्योग व्यवसाय घराना, आग्रह पूर्वाग्रह नराखिकन काम गरेको छु। यद्यपि यसमा त्रुटि नहोला भन्ने छैन। यसमा सुधारको आवश्यकता हुनसक्छ। तपाईंहरूले औंल्याउनु भएको कुरा समयसापेक्ष सुधार गर्दै जानेछौँ।’

‘बजेट महान हो म भन्दिनँ। पूर्णताको सगरमाथाको टुप्पा पुगेको दाबी गर्दिनँ। दुई महिनाको बीचमा बजेट बनाएको हो। हाम्रो प्रणालीलाई समग्र रूपमा रूपान्तरित हुनका लागि धेरै अभ्यासको खाँचो छ। त्यो समय हामीसँग थिए। त्यसका बावजुद कम समयको भरपुर उपयोग गरेका थियौँ’, उनले भने।

अर्थमन्त्री डा. महले कृषि क्षेत्रलाई आत्मनिर्भर गराउने प्रयासमा भ्याट प्रक्रिया अघि बढाएको बताए।

उनले भने, ‘आन्तरिक उत्पादनलाई मद्दत गर्नेछ। आम नेपालीको उत्पादनलाई यसले प्रेरणा नै दिन्छ। आलु प्याजको उत्पादन मुलुकभित्रै गरी कृषकलाई आत्मनिर्भर बनाउन सकिनेछ।’

ससाना वितरकका लागि करको परिधिभित्र नआउने वातावरण रहेको हुँदा समस्या नहुने बताएका मन्त्री महतले भ्याट आयात गर्नेहरूलाई हुने जानकारी दिए।

कार्यक्रममा पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले सरकारले विराटनगर विमानस्थल स्तरोन्नतिका लागि ध्यान पुर्‍याउन नसकेको बताए।

केन्द्र सरकारले कोशी प्रदेशको राजधानी विराटनगर महानगरलाई न्यायोचित रूपमा हेर्न नसकेको उनको भनाइ थियाे।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago