काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी, (रास्वपा)ले पार्टीको नीति, विचार र सिद्धान्तसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन आज १७ सदस्यीय कार्यदल गठन गरेको छ।
पार्टीका महामन्त्री डा. मुकुल ढकालको नेतृत्वमा उक्त कार्यदल बनाइएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
उनका अनुसार आन्तरिक छलफलका लागि तयार पारेको दस्तावेजलाई अझै स्पष्ट बनाउन पदाधिकारीसहितको कार्यदल बनाइएको हो। उक्त कार्यदलमा पदाधिकारीबाट महामन्त्री डा. ढकाल र सहमहामन्त्री बुर्लाकोटी रहेका छन्।
अन्य सदस्यबारे निर्णय हुन बाँकी रहेको बुर्लाकोटीले जनाइएको छ। उक्त दस्तावेजमाथि पटक–पटक छलफल गरेर भदौको मध्यसम्म अन्तिम रुप दिने तयारी रहेका सो पार्टीले जनाएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…