झापा – झापामा राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तारमा तीव्रता दिएको छ। शनिबार एकैदिन झापाको मेचीनगर र बिर्तामोडमा नगर अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएका छन्। संगठन विस्तारका लागि अहिले पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईं, सांसदहरू डा. तोसिमा कार्की, मनिष झा तथा निशा डाँगी झापामा खटिएका छन्।
शनिबार अपराह्न झापा बिर्तामोडको नगर अधिवेशनलाई सम्बोधन गर्दै पार्टीका नेता तथा सांसदहरूले निष्ठा र इमान्दारी बोकेर आफ्नो पार्टीमा समाहित हुन सर्वसाधारणलाई आह्वान गरे। उनीहरूले निष्ठा र इमान्दारी नबोक्नेहरूका लागि राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनै स्थान नरहने दाबीसमेत गरेका छन्।
बिर्तामोड नगर अधिवेशनलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईंले खारिएका तथा अनुभवप्राप्त भनिएका नेताहरूमा इमान्दारीको खडेरी रहेको र उनीहरू भ्रस्टाचारमा चुर्लुम्म डुबेको बताए।
भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नु ‘आमाको रगत खानुसरह हो’ भन्ने गरेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनप्रति कटाक्ष गर्दै प्रसाईंले आफू सरकारमा जाँदा भ्रष्टाचारमा चुर्लुम्म डुबेका पार्टीका नेता विक्रम पाण्डेलाई मन्त्री बनाएको बताए।
उनले भने, ‘उहाँलाई सोध्न मन लागेको छ, विक्रम पाण्डेलाई मन्त्री बनाउँदा चाहिँ केको रगत खाएजस्तो भो?’
पुराना पार्टीका भ्रष्ट नेताका कारण अहिले पनि हजारौँको संख्यामा नेपाली युवा दैनिक विदेशिनु परिरहेको पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले बताइन्।
कार्कीले भनिन्, ‘म शल्यचिकित्सक हुँ। त्यति भएर पनि राजनीतिमा लागेर परिवर्तनका लागि प्रयासरत छु। तर मेरै आमालाई विदेश गइदिए हुन्थ्यो भन्ने छ। यही हो हाम्रो मूल समस्या।’
देशमा अब परिवर्तन ल्याउनका लागि कसैलाई मार्नु नपर्ने अर्का सांसद मनिष झाले बताए। उनले परिवर्तनका लागि बन्दुक बोक्न जरुरी नभएको बताए।
उनले भने, ‘अहिलेको जमानामा न बन्दुक नै बोक्नुपर्छ न मान्छे मार्नु नै पर्छ। केवल आफ्ना योजना र कार्यक्रम दिए पुग्छ।’
कार्यक्रममा सांसद निशा डाँगीले आफू उमेरले सानो भए पनि देश बदल्ने अठोटका साथ राजनीतिमा होमिएको बताइन्।
झापाकै छोरी भएकाले संसदमा झापाकै विषय उठान गर्ने र समस्या समाधानका लागि आफ्नो प्रयास रहने उनको भनाइ थियो।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…