झापामा संगठन विस्तार गर्दै रास्वपा

झापा –  झापामा राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तारमा तीव्रता दिएको छ। शनिबार एकैदिन झापाको मेचीनगर र बिर्तामोडमा नगर अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएका छन्। संगठन विस्तारका लागि अहिले पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईं, सांसदहरू डा. तोसिमा कार्की, मनिष झा तथा निशा डाँगी झापामा खटिएका छन्।

शनिबार अपराह्न झापा बिर्तामोडको नगर अधिवेशनलाई सम्बोधन गर्दै पार्टीका नेता तथा सांसदहरूले निष्ठा र इमान्दारी बोकेर आफ्नो पार्टीमा समाहित हुन सर्वसाधारणलाई आह्वान गरे। उनीहरूले निष्ठा र इमान्दारी नबोक्नेहरूका लागि राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनै स्थान नरहने दाबीसमेत गरेका छन्।

बिर्तामोड नगर अधिवेशनलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईंले खारिएका तथा अनुभवप्राप्त भनिएका नेताहरूमा इमान्दारीको खडेरी रहेको र उनीहरू भ्रस्टाचारमा चुर्लुम्म डुबेको बताए।

भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नु ‘आमाको रगत खानुसरह हो’ भन्ने गरेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनप्रति कटाक्ष गर्दै प्रसाईंले आफू सरकारमा जाँदा भ्रष्टाचारमा चुर्लुम्म डुबेका पार्टीका नेता विक्रम पाण्डेलाई मन्त्री बनाएको बताए।

उनले भने, ‘उहाँलाई सोध्न मन लागेको छ, विक्रम पाण्डेलाई मन्त्री बनाउँदा चाहिँ केको रगत खाएजस्तो भो?’

पुराना पार्टीका भ्रष्ट नेताका कारण अहिले पनि हजारौँको संख्यामा नेपाली युवा दैनिक विदेशिनु परिरहेको पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले बताइन्।

कार्कीले भनिन्, ‘म शल्यचिकित्सक हुँ। त्यति भएर पनि राजनीतिमा लागेर परिवर्तनका लागि प्रयासरत छु। तर मेरै आमालाई विदेश गइदिए हुन्थ्यो भन्ने छ। यही हो हाम्रो मूल समस्या।’

देशमा अब परिवर्तन ल्याउनका लागि कसैलाई मार्नु नपर्ने अर्का सांसद मनिष झाले बताए। उनले परिवर्तनका लागि बन्दुक बोक्न जरुरी नभएको बताए।

उनले भने, ‘अहिलेको जमानामा न बन्दुक नै बोक्नुपर्छ न मान्छे मार्नु नै पर्छ। केवल आफ्ना योजना र कार्यक्रम दिए पुग्छ।’

कार्यक्रममा सांसद निशा डाँगीले आफू उमेरले सानो भए पनि देश बदल्ने अठोटका साथ राजनीतिमा होमिएको बताइन्।

झापाकै छोरी भएकाले संसदमा झापाकै विषय उठान गर्ने र समस्या समाधानका लागि आफ्नो प्रयास रहने उनको भनाइ थियो।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago