परीक्षणका लागि भन्दै मेची भन्सार प्रमुखले बन्द गराए एशिएन हाइवे

झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद पाठकले राजश्व संकलनको लागि परीक्षण भन्दै पूर्वी नाकामा एशियन हाइवे नै बन्द गराएका छन् ।

मुख्य राजमार्ग नाका बन्द गरी यात्रु शाखामा प्रवेश गराएर चेकजाँच गर्दा यात्रुहरुलाई समस्या भएको छ । भारतबाट आउने यात्रुहरुलाई मुख्य एशियन हाइवेमा चेकजाँच नगरी उत्तरपट्टी यात्रु शाखामा प्रवेश गराई चेकजाँच गर्दा झन्झटिलो भएको उनीहरुले बताएका छन् ।

भारतबाट चारचक्के र दुईचक्के सवारीसाधनमा आउने नेपाल र भारतका सबै यात्रुहरुलाई उत्तरपट्टी भन्सार कार्यालयको हाताभित्र प्रवेश गराई त्यहाँ चेकजाँच गरिसकेपछि सुपारी लाइन हुँदै देवकोटा पार्क निकाल्ने गरिएको छ ।

यसअघि हाइवेमै चेकजाँचको व्यवस्था रहेकोमा पाठकले तीन दिनअघिदेखि सो नयाँ नियम लागू गरेका हुन् । यात्रु शाखामा यात्रुहरुलाई प्रवेश गराई चेकजाँच गर्ने नयाँ नियम लागू गरिएपछि धेरै समय लाग्ने र घुमेर जानुपर्ने झन्झट भएको उनीहरुको गुनासो छ ।

यात्रु शाखामा थालिएको चेकजाँचप्रति यात्रुहरुले आपत्ति जनाएको चेकजाँचमा खटिएका सुरक्षाकर्मीहरु नै बताउँछन् । ‘हाइवेमा हुँदा सजिलो थियो भनेर उहाँहरु भन्नुहुन्छ ’सशस्त्रका सईले भने,‘ यात्रु शाखा आउँदा उहाँहरु झन्झट मान्नुहुन्छ ।’

यसअघि नेपालतर्फ मेची पुलमा सशस्त्र प्रहरीले चेक गरिसकेपछि भन्सार कार्यालय छेउ बाटोमा प्रहरीसहित भन्सार कर्मचारीहरुले चेकजाँच गर्ने गरेका थिए ।

अहिले तीनचक्के सवारीसाधनहरु हाइवेबाट संचालन भइरहेका छन् । भन्सार प्रमुख पाठकले तीन चक्के सवारीसाधनलाई पनि हाइवेबाट चल्न नदिने भएका छन् । उनले दक्षिणपट्टी यार्डबाट तीन चक्के सवारीसाधन जानेगरी व्यवस्था मिलाउन थालेका छन् ।

यात्रुहरुलाई दुःख दिने नियतले नभई राज्यको लागि राजश्व बढीभन्दा बढी संकलन गर्ने उद्धेश्यले सो नियम बनाएको भन्सार प्रमुख पाठकले प्रतिक्रिया दिएका छन् । उनले सीधा हाइवेबाट ओहोरदोहोर गर्न नपाउँदा पोके व्यापारीहरुको व्यापार घट्ने बताए ।‘ दिनमा १० चोटी ओहोरदोहोर गर्नेहरु पाँच पटकमा झर्छन् ’उनी भन्छन् ।

त्यस विषयमा आफूलाई पनि गुनासो आएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । उनले धेरै झन्झटिलो भए यात्रु शाखामा चेकजाँच गर्ने व्यवस्था हटाउन भनिसकेको जानकारी दिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago