एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने ब्यवस्था रहेको छ ।
भबिन्द्र गौतम, पाल्पा ।
मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनेको संख्या बढेसङ्गै पाल्पामा चेकजाँचलाई कडाई गरिएको छ । चेकजाँचक क्रममा तानसेन बाट प्रभास तर्फ जाँदै गरेको यात्रुबाहक बसका चालकलाई बर्तुङमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलिले नियन्त्रणमा लियो । उनले मदिरा सेवन गरेर बस चलाएका थिए । तानसेन बुटवल रुटमा चल्ने बसका चालक नै मादक पदार्थ सेवन गरेको भेट्टाइए पछि ट्राफिक प्रहरी अचम्मित पर्यो । ट्राफिक प्रहरीको पहुच नपुग्ने ग्रामिण क्षेत्रमा चल्ने सवारीका चालकले झनै लापरबाही गर्न सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्ल बताउनुहुन्छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बिरेन्द्र थापाका अनुसार मदिरा सेवन गरेर सवारी चलाएका लु१ख ४६३६ का चालक मीन बहादुर सारुलाई अभद्र ब्यवहारको मुद्दा दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा पहिलोपटक ७ दिनको म्याद थप गरी मुद्दा दर्ता भएको हो ।
के छ कानुनी कारवाही
अभद्र ब्यवहार अन्तर्गत मुलुकी अपराध सहिता २०७४ को दफा ११८ मा कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने ब्यवस्था रहेको छ ।
चेकजाँचलाई तिब्रता
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्वेश्यले मापसे चेकजांच लाई कडाईका साथ लागू गरेको छ । गत हप्ता तानसेनको प्रभास चोक र रामपुरमा चेकजाच गर्ने क्रममा निजि सवारीसाधन चलाउने ८ जना चालक कारबाहीमा परेका छन् । कारवाहीमा परेका सवारी चालकलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९को दफा १६४ को मा.प.से. बर्खिलाप अन्र्तगत पहिलो पटक रु १ हजार जरिवाना गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको तथ्यांक रहेको छ ।
यसरी कारवाहीमा परेका सावारी साधनलाई अर्को चालक बोलाउन लगाएर मात्र सवारी जिम्मा लगाइको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
केही दिन अगाडी मात्र जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको सडक सुरक्षा सन्बन्धी बैठकले सडकमा हुने लापरबाही न्यूनीकरण गर्ने र मापसे गरेर सवारी चालाउने चालकलाई सक्त कारवाही गर्ने निर्णय गरेको थियो ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…