नामावलीसहित कोल्बुङ दुर्घटना अपडेटः मृतक र घाइतेको

झापा। आज साँझ इलामको रोङ गाउँपालिका ३ कोलबुङस्थित मेची राजमार्गमा बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

कन्यामबाट झापातर्फ आउँदै गरेको ना ६ ख ८४२४ नम्बरको बस सडकबाट अन्दाजी ३०० मिटर तल खस्दा धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको हो । ती बालक रुखमा अडकिएका थिए ।

दुर्घटनामा ३५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा ११ जना बालबालिका , १६ जना महिला र ३ जना पुरुष रहेका छन् । बसमा सवार ३७ जना सवार रहेकोमा तत्काल जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुको टोली, इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षकको टोली घटनास्थलमा पुगी ३६ जना घाईतेको उद्धार गरी उपचारको लागि झापातर्फ पठाएको छ ।

घाइते सबैलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी हस्पिटल ल्याइएको छ । केहीको अवस्था गम्भीर रहेको छ ।

घाईतेहरुको नामावली र अबस्था
१) धनुषाको धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने बर्ष २० की गणेशकुमारी मोक्तान ( अनुहारमा चोट अवस्था सामान्य )
२)  बर्ष ११ की समीक्षा मोक्तान (सामान्य )
३)  बर्ष १२ का शेखर मोक्तान (सामान्य )
४)  बर्ष १२ की निर्जला मोक्तान (सामान्य )
५)  वर्ष ३६ की अन्जु लामा (सामान्य )

६)  बर्ष २ की स्नेहरीका लामा (सामान्य )
७)  बर्ष ९ की रिजा लामा (सामान्य )
८)  बर्ष ११ की काजल नायक (सामान्य )
१)  बर्ष १४ की निकिसा मोक्तान (सामान्य )
१०)  वर्ष ११ की रितु लामा (सामान्य )
११)  बर्ष ४० की सुनमाया लामा (सामान्य )
१२)  बर्ष २० की कबिता घिसिङ (सामान्य )
१३)  बर्ष १३ का सौगात लामा (सामान्य )
१४) बर्ष १४ की वर्षा तामाङ (सामान्य )
१५) बर्ष १५ का सिद्धार्थ तामाङ (सामान्य )
१६) वर्ष १७ की स्वेच्छा लोप्चान (सामान्य )
१७)  बर्ष १२ की बिबिसा मोक्तान (सामान्य )
१८)  वर्ष १५ की रोजिना तामाङ (सामान्य )
१९)  बर्ष २८ की कल्पनाकुमारी लामा (सामान्य )
२०)  बर्ष ३१ की शान्ता पाख्रिन (सामान्य )
२१)  बर्ष १८ की सन्ध्या मोक्तान (सामान्य )

२२) वर्ष ४० की तुल्मा लामा (अनुहार तथा शरीरको विभिन्न भागमा चोट अवस्था गम्भीर रहेको)
२३)  बर्ष ३५ की मनवती लामा (सामान्य )
२४)  बर्ष ३० की ज्ञानु लामा (सामान्य )
२५)  बर्ष १८ की प्रतीक्षा लामा (सामान्य )
२६)  बर्ष ४५ की लालकुमारी लामा (सामान्य )
२७)  बर्ष ४० का बिरबहादुर मोक्तान (प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा कार्यरत प्रहरी हवल्दार अवस्था सामान्य रहेको र ४ दिनको भैपरी आउने बिदा आएको)
२८) बर्ष १५ का करण मोक्तान (सामान्य )
२९) बर्ष १६ की कुसुम घिसिङ (सामान्य )
३०)  बर्ष ६० की शान्तामाया तामाङ (सामान्य )
३१)  बर्ष ३५ का चालक अनिल परियार (सामान्य )
३२)  बर्ष ३० की रचना घिसिङ (सामान्य )
३३)  बर्ष ३५ का सञ्जिव तामाङ (सामान्य )
३४)  बर्ष १८ की रेणु घिसिङ (सामान्य )
३५)  बर्ष १६ की समीक्षा लामा (सामान्य

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago