बिराटपोखरीमा प्रथम बहुउद्धेश्यीय सहकारी सस्था द्वारा बृक्षारोपण

बिर्तामोड । एतिहासिक,धार्मिक तथा पर्यटकिय स्थल बिराटपोखरी बिर्तामोड-३ थप स्वच्छ,हराभरा,सफा बनाउने अभियान आज प्रथम बहुउद्धेश्यीय सहकारी सस्था लिमिटेड द्वारा आयोजित बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
 विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समिति,  बिभिन्न संघ संस्था, टोल बिकाश समिति , बिर्तामोड वडा न.३ तथा बिभिन्न संस्था लगायतको सकृयतामा बिभिन्न प्रजातिका ११५ वटा फलका बिरुवा रोपण कार्यक्रम सम्पन्न भयो।
बिराटपोखरी बृक्षारोपण कार्यक्रममा आँप, लिची, अमला, जामुन, सफेदा, कागति, कटहर, लोक्युट, लगायतका ११५ वटा बिरुवा पोखरी परिसरमा रोपिएको हो । आँप ३५ वटा,  लिची १० वटा, अमला १० वटा , जामुन ५ वटा,  सफेदा १० वटा,  कागति १५ वटा, कटहर ५ वटा, लोक्युट १० वटा, काब्रुङ्ग ५ वटा, ड्र्यागन फल १० वटा , उक्त बिरुवा किन्डर वर्ल्ड बिर्तामोडका ललित मित्तल, गायत्री मित्तलले  उपलब्ध गराउनु भएको थियो ।
बिराटपोखरी बृक्षारोपण कार्यक्रममा विर्तामोड ३ का वडा अध्यक्ष मदन कुमार वुढाथोकीले अहिले सम्म रोपेका फलफूल र विरूवालाई सबै लागि परेर जोगाउ र यसपालि रोपेको ठाउमा फेरि अर्को साल फलफूल र बिरुवा रोप्नु नपरोर भनी शुभेक्षा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिका अध्यक्ष इन्द्र प्रसाईंले अब गुरूयोजना वनाएर अगाडि वढ्ने र आउदै गरेको तिजको कार्यक्रमको लागि सबै बाट सहयोगको अपेक्षा गर्नुभएको थियो।
कार्यक्रममा बिरुवा विशेषज्ञ, चित्र प्रकाश राइले पर्यावरण जोगाउन लाई बिरुवा रोप्नु जरुरी छ भन्नुभयो। त्यस्तै विराटपोखर टोल प्रमुख मोहन उप्रेती ले पहिलाका ठुला रूख रोप्दाको दुख र अहिले भाइभतिज युवाले विराटपोखरीलाइ सुन्दर र सफा वनाउन लाग्नु भएकोमा सबैलाई धन्यवाद र खुसी व्यक्त गगर्नुभएको थियो । सभाका अध्यक्ष तुलसी ढकालले जल जमिन वन्यजन्तु र पर्यावरण जोगाएर मात्र मानव जातिको संरक्षण हुने वताउनु भयो।
प्रथम बहुउद्धेश्यीय सहकारी सस्था लिमिटेडका शेयर सदस्य तुलसी ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथी ३ न वडा अध्यक्ष मदन बुढाथोकी , बिराट पोखरी सरोबर बहुद्देसिय बिकास समितीका अध्यक्ष इन्द्र प्रसाईं समितिका सचिब श्री जगन्नाथ भट्टराई, बिरुवा विशेषज्ञ, चित्र प्रकाश राई ,विराटपोखर टोल प्रमुख मोहन उप्रेती, अनारमनी युथ क्लबका राज मुखिया लगायत विभिन्न सस्थाहरुका प्रतिनिधि र स्थानीयहरुको उल्लेख्य उपस्थिति थियो । कार्यक्रमको संचालन प्रथम बहुद्देसिय सहकारी सस्थाका शेयर सदस्य श्री कृष्ण उप्रेतीले गर्नु भएको थियो । कार्यक्रममा प्रथम बहुउद्देश्यीयले संचालन गरेको प्रथम पसलले सम्पूर्ण ग्राहक वर्गलाई १५ % देखि २५% सम्म छुट दिदै आएको जानकारी कार्यक्रमको संचालन उप्रेतीले दिनु भयो। यसअघि विराटपोखरीमा बिर्तामोड ३ नं वडा कार्यालयको संयोजनमा बृक्षरोपण गरिएको थियो ।
 एतिहासिक बिराटपोखरी (फोटो फिचर)
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago