काठमाडौं । विश्वका विभिन्न देशको पासपोर्टको र्याङकिङ गर्ने हेन्ले एन्ड पार्टनर्सको नयाँ पासपोर्ट सूचकांक सार्वजनिक भएको छ ।
हेन्ले एन्ड पार्टनर्सको पासपोर्ट सूचकांक इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) को १८ वर्षको तथ्याङ्कमा आधारित छ ।
यसले विश्वका १९९ पासपोर्टमध्ये कुन पासपोर्टले कति देशमा फ्रि भिसा र भनेकै बेला भिसा पाएर प्रवेश गर्न सकिन्छ भन्ने आधारमा सूचकांक तयार पार्ने गर्छ । यसले २२७ विभिन्न देश तथा स्थानको भ्रमण सूची सूचकांक तयार पार्न प्रयोग गरेको छ ।
सोअनुसार नेपाल अन्तिमबाट छैटौँ स्थानमा रहेको छ । समग्रमा १०३ मध्ये ९८औँ स्थानमा रहेको नेपालको पासपोर्टले ३८ देश तथा क्षेत्रमा प्रवेश पाउन सकिन्छ । नेपालकै जत्तिको बलियो पासपोर्ट प्यालेस्टाइन क्षेत्रको समेत रहेको छ ।
सबैभन्दा अन्तिममा अफगानिस्तानको पासपोर्ट रहेको छ । जसले २७ देश तथा क्षेत्रमा प्रवेश गर्न सकिन्छ । एक नम्बरमा रहेको सिंगापुरको पासपोर्टले १९२ देश तथा क्षेत्रमा प्रवेश गर्न सकिन्छ । १९० देश प्रवेश पाउने जमर्नी, इटाली र स्पेनको पासपोर्ट दोस्रो स्थानमा छन् ।
दक्षिण कोरिया र जापानको १८९ देशमा पहुँच पाउने पासपोर्ट तेस्रो स्थानमा छ । अमेरिकाको पासपोर्ट आठौँ स्थानमा रहेको छ भने यसले १८४ देश तथा क्षेत्रमा प्रवेश गर्न सकिन्छ ।
८० देश तथा क्षेत्रमा प्रवेश गर्न सकिने चीनको पासपोर्ट ६३औँ स्थानमा रहेको छ । ८०औँ स्थानमा रहेको भारतको पासपोर्टले ५७ ठाउँमा प्रवेश गर्न सकिन्छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…