मञ्चको साधारणसभा तथा जिल्लामा खेलकुद पत्रकारितमा रुचि राख्ने पत्रकारहरुको भेलाबाट उपाध्यक्ष श्रीनगर एफएमका स्टेशन मेनेजर देब पचभैया, सचिव माडीभ्युन्यूज डटकमका संचालक बिजय बौडेल, कोषाध्यक्ष नयाँधार डटकमका संचालक कमल अधिकारी र सहसचिवमा कटुवाल खबरका प्रधानसम्पादक दुर्गेस मल्ल सर्वसहमतिबाट चयन भए ।

एक सदस्य पछि मनोनित गर्ने गरी तीन सदस्यहरुमा करुवा अर्धसाप्ताहिकका सम्पादक कृष्ण कार्की, रेडियो नेपालका संवाददाता विष्णु खनाल र पाल्पा आवाजका संचालक दयाराज न्यौपाने सदस्य चयन भए । नवनिर्वाचित अध्यक्ष अर्यालले पाल्पाको खेलकुद पत्रकारितालाई अगाडि बढाउन सबै क्षेत्रको सकारात्मक सहयोगको खाँचो रहेको बताउँदै आगामी दिनमा खेलकुद पत्रकारिता तालिम सञ्चालन, अवार्ड कार्यक्रमका साथै अन्य रचनात्मक कार्यक्रम गर्ने प्रतिवद्धता जनाए ।

 

नेपाल पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले खेलकुद पत्रकारितामा रुचि राख्नेहरुको संगठनबाट अन्य पत्रकारहरुलाई पनि यस क्षेत्रमा रुचि राख्नेगरी आगामी दिनमा काम गर्नुपर्ने बताए । उनले जिल्लामा खेलकुदको ‘बिट’ नभएपनि समग्रतामा बुझेर काम गर्नुपर्नेमा जोड दिए ।

नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य प्रजित शाक्यले खेलकुद पत्रकारिता प्राविधिक विषय भएकाले पनि यसक्षेत्रमा रुचि जगाउनका लागि मैदानमै पुगेर पत्रकारिता गर्नुपर्नेमा जोड दिए । उनले विद्यागत पत्रकारितामा खेलकुदले अलग्गै पहिचान गराएकाले यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व रहेको बताए । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दीपक घिमिरेले समन्वयकारी भूमिका निर्वाह गर्दै खेलकुदको क्षेत्रलाई पत्रकारितामा जोड्ने वातावरण निर्माण गर्नुपर्ने बताए । उनले पाल्पामा राष्ट्रियस्तरका खेल खेलाउने तयारी भैरहेको र यसमा खेलकुद पत्रकारिता क्षेत्रबाट सकारात्मक सहयोगको अपेक्षा गरेको बताए ।

नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष गोविन्द भट्टराई, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष भरत शर्मा, प्रेस चौतारी नेपालका सचिव नारायण न्यौपाने, प्रेस सेन्टर नेपालका कार्यवाहक जिल्ला अध्यक्ष नवराज ज्ञवाली लगायतले खेलकुद पत्रकारिताका विषयमा धेरै पत्रकारलाई बुझाउका लागि तालिमको आवश्यकता रहेको बताए ।