यातायात सहकारी मार्फत रोजगारी सृजना गर्नुपर्छ

जेठ ५, पाल्पा । श्रीनगर यातायात सहकारी संस्था लि .को प्रारम्भिक साधारण सभा अधिबेशन सम्पन्न भएको छ ।

कार्यक्रममा तानसेन नगरपालिका निमित्त प्रसासकिय अधिकृत दुर्गा थापाले सहकारी मार्फत यातायात छेत्रमा रोजगारी सृजना संगठित बनाउने उदेश्यले अन्य सहकारीको तुलनामा भिन्न उदेश्य सहित गठन भएको बताउनु भयो । तानसेन नगर पालिका वडा ७ वडा अध्यक्ष प्रदीप खनालले जनताको वित्तीय पहुँच पुग्ने एक मात्र पद्धती सहकारी भएकाले सहकारी मार्फत निम्न आय गरिव तथा विपन्न वर्गका समुदायको जिवनस्तर सुधारका लागि सहकारी पद्धति उपयुुक्त भएको धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा बचत ऋण सहकारी संघ अध्यक्ष जगदीश भट्टराई, पदम गैरे, रानिमहल सहकारि पाल्पा का अध्यक्ष भुगोल बैजु लगाएतले बोल्दै यातायात सहकारी मार्फत रोजगारी सृजना गर्दै युवा शक्ति स्वदेश मै राख्न पहल गर्नु पर्नेमा जोड दिनु थियो । प्रारम्भिक साधारणसभामा संस्थाको आ.व. ०७९÷०८० को प्रगती प्रतीवेदन प्रस्तुत गर्दै तदर्थ समितिका अध्यक्ष डिल बहादुर डुंगानाले श्रीनगर यातायात सहकारी संस्था मार्फत आगामी दिनमा यातायात छेत्रमा ३ जिल्ला भर बिस्तार गर्ने योजना रहेको जानकारी दिनु भयो ।

कार्यक्रममा कोषाध्यक्ष भबिन्द्र गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे । प्रारम्भिक साधारण सभाले डिल बहादुर अध्यक्षतामा १३ सदस्यीय संचालक समिति गठन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा दिपक श्रेष्ठ, उपाध्यक्षमा किरण चित्रकार, सचिबमा सुनिल के.सि र कोषाध्यक्षमा बासुदेब खडका, सहसचिवमा टोपराज बश्याल चयन हुनुभएको छ । सभाले ३ सदस्यीय लेखा समिती चयन गरेको छ । जसको संयोजकमा कृष्ण अधिकारी रहनु भएको छ । निबाचित समितिलाई निर्वाचन समितिका अध्यक्ष राजन नेपालले प्रमाण पत्र प्रदान गर्नुभएको थियोे ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago