यातायात सहकारी मार्फत रोजगारी सृजना गर्नुपर्छ

जेठ ५, पाल्पा । श्रीनगर यातायात सहकारी संस्था लि .को प्रारम्भिक साधारण सभा अधिबेशन सम्पन्न भएको छ ।

कार्यक्रममा तानसेन नगरपालिका निमित्त प्रसासकिय अधिकृत दुर्गा थापाले सहकारी मार्फत यातायात छेत्रमा रोजगारी सृजना संगठित बनाउने उदेश्यले अन्य सहकारीको तुलनामा भिन्न उदेश्य सहित गठन भएको बताउनु भयो । तानसेन नगर पालिका वडा ७ वडा अध्यक्ष प्रदीप खनालले जनताको वित्तीय पहुँच पुग्ने एक मात्र पद्धती सहकारी भएकाले सहकारी मार्फत निम्न आय गरिव तथा विपन्न वर्गका समुदायको जिवनस्तर सुधारका लागि सहकारी पद्धति उपयुुक्त भएको धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा बचत ऋण सहकारी संघ अध्यक्ष जगदीश भट्टराई, पदम गैरे, रानिमहल सहकारि पाल्पा का अध्यक्ष भुगोल बैजु लगाएतले बोल्दै यातायात सहकारी मार्फत रोजगारी सृजना गर्दै युवा शक्ति स्वदेश मै राख्न पहल गर्नु पर्नेमा जोड दिनु थियो । प्रारम्भिक साधारणसभामा संस्थाको आ.व. ०७९÷०८० को प्रगती प्रतीवेदन प्रस्तुत गर्दै तदर्थ समितिका अध्यक्ष डिल बहादुर डुंगानाले श्रीनगर यातायात सहकारी संस्था मार्फत आगामी दिनमा यातायात छेत्रमा ३ जिल्ला भर बिस्तार गर्ने योजना रहेको जानकारी दिनु भयो ।

कार्यक्रममा कोषाध्यक्ष भबिन्द्र गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे । प्रारम्भिक साधारण सभाले डिल बहादुर अध्यक्षतामा १३ सदस्यीय संचालक समिति गठन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा दिपक श्रेष्ठ, उपाध्यक्षमा किरण चित्रकार, सचिबमा सुनिल के.सि र कोषाध्यक्षमा बासुदेब खडका, सहसचिवमा टोपराज बश्याल चयन हुनुभएको छ । सभाले ३ सदस्यीय लेखा समिती चयन गरेको छ । जसको संयोजकमा कृष्ण अधिकारी रहनु भएको छ । निबाचित समितिलाई निर्वाचन समितिका अध्यक्ष राजन नेपालले प्रमाण पत्र प्रदान गर्नुभएको थियोे ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago