रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन एमालेको माग

काठमाडाैँ- नेकपा एमालेले रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले रासायनिक मलको अनुदान कटौती गर्ने सरकारको निर्णय किसान मार्ने गरी आएको उल्लेख गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन्।

आइतबार पार्टीको कृषि तथा पशुपंक्षी विकास विभागद्वारा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले नेपाली किसानहरूको संरक्षण र प्रोत्साहनका लागि रासायनिक मलको मूल्य घटाउन र अनुदान वृद्धि गर्न पनि सरकारलाई सचेत गराए।

महासचिव पोखरेलले भने, ‘अन्तराष्ट्रिय बजारमा रासायनिक मलको भाउ घटिरहेको बेलामा अहिलेको सरकारले जसरी मूल्यवृद्धि गर्ने काम गरेको छ। यो अत्यन्तै अनुचित छ। सरकारले किसानमारा यस प्रकारको नीतिहरू र निर्णयहरू अविलम्ब फिर्ता लिनु पर्दछ। र नेपाली किसानहरूको संरक्षणको लागि नेपालको कृषि क्षेत्रलाई प्रोत्साहित गर्नका लागि स्वाभाविक रूपमा सरकारले अनुदानमा वृद्धि गर्नु पर्दछ। र, नेपालभित्रै अविलम्ब रासायनिक मल कारखाना स्थापनाको प्रक्रिया पनि अगाडि बढाउनु पर्दछ। र वनक्षेत्र प्रशस्त भएकाले प्राङगारिक मल मल उत्पादन गर्न सक्छौँ। त्यो चिजलाई सरकारको तर्फबाट विशेष ढंगले प्रोत्साहन गर्ने र किसानहरूले उत्पादन गरेका सो मलको बजारीकरणका लागि आवश्यक व्यवस्था मिलाउनु पर्दछ।’

महासचिव पोखरेलले नेपालमा वन क्षेत्र प्रशस्त भएकाले प्राङगारिक मलको उत्पादनका लागि किसानलाई प्रोत्साहन गर्न र त्यसका लागि आवश्यक बजारको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षणसमेत गराए।

कृषि क्षेत्रको विकासका लागि लागि पूँजी र प्रविधिको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago