‘कोशी प्रदेश’ नाम खारेजीको विराटनगरमा माग , निषेधाज्ञा तोडेर प्रदर्शन

मोरङ – ‘कोशी प्रदेश’ नाम खारेजीको माग गर्दै विराटनगरमा आज विरोध प्रदर्शन भइरहेको छ। प्रदेशको नामाकरणको विरोधमा आइतबार कोशी प्रदेशको राजधानी विराटनगरमा पहिचान पक्षधरहरुले विरोध चर्काएका हुन्।

विरोध प्रदर्शनलाई लक्षित गर्दै केही स्थानमा निषेधाज्ञा जारी गरेको थियो। प्रदर्शनकारीहरुले निषेधाज्ञा तोड्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेका छन्। त्यसक्रममा आन्दोलनरत पक्ष र प्रहरीबीच तनावको अवस्था सिर्जना भएको थियो।

आन्दोलनमा सहभागी हुन झापा, मोरङ, सुनसरी र पहाडि जिल्लाबाटसमेत पहिचान पक्षधरहरु विराटनगर आएका छन्। उनीहरुले मुख्यमन्त्री हिक्मत कार्कीको पुतलासमेत जलाएका छन्। प्रदेशको नामाकरण पहिचानको आधारमा हुनुपर्ने भन्दै कोशी प्रदेश नामाकरणविरुद्ध निरन्तर प्रदर्शन भइरहेका छन्।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago