मोरङ – ‘कोशी प्रदेश’ नाम खारेजीको माग गर्दै विराटनगरमा आज विरोध प्रदर्शन भइरहेको छ। प्रदेशको नामाकरणको विरोधमा आइतबार कोशी प्रदेशको राजधानी विराटनगरमा पहिचान पक्षधरहरुले विरोध चर्काएका हुन्।
विरोध प्रदर्शनलाई लक्षित गर्दै केही स्थानमा निषेधाज्ञा जारी गरेको थियो। प्रदर्शनकारीहरुले निषेधाज्ञा तोड्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेका छन्। त्यसक्रममा आन्दोलनरत पक्ष र प्रहरीबीच तनावको अवस्था सिर्जना भएको थियो।
आन्दोलनमा सहभागी हुन झापा, मोरङ, सुनसरी र पहाडि जिल्लाबाटसमेत पहिचान पक्षधरहरु विराटनगर आएका छन्। उनीहरुले मुख्यमन्त्री हिक्मत कार्कीको पुतलासमेत जलाएका छन्। प्रदेशको नामाकरण पहिचानको आधारमा हुनुपर्ने भन्दै कोशी प्रदेश नामाकरणविरुद्ध निरन्तर प्रदर्शन भइरहेका छन्।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…