झापा। बिर्तामोड– ९ कालीमाता मठमन्दिरमा आयोजित तीज कार्यक्रममा गन्धर्व कलाकारहरुले सारंगी र मादलको धुनमा गीत गाइरहँदा सबैको मन छोयो ।
कालीमाता मठमन्दिर व्यवस्थापन समिति,आदर्श नवयुवा क्लब,आदर्श कीर्तन मण्डली,आशीर्वाद कीर्तन मण्डली र हरिहर कीर्तन मण्डलीले संयुक्त रुपमा तीज कार्यक्रम गरी कार्यक्रममा ख्यातिप्राप्त गन्धर्व कलाकारहरुलाई बोलाएका थिए । कार्यक्रममा पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजका अध्यक्ष रविन गन्धर्व , गन्धर्व संगीत संजालका उपाध्यक्ष श्याम गन्धर्व , संजालकै लालबहादुर गन्धर्व , सुजन गन्धर्व र तारा गन्धर्वले ‘घुमिफिरी चाड आउँछ , माइतीघरको याद आउँछ’ ,‘तीजको लहर आयो बैरी लै’, ‘माइती किन हुँदैछ टाढा’जस्ता गीत गाएका थिए ।
महिलाहरुको कथा व्यथा समेटिएको मौलिक गीत गन्धर्वहरुले गाइरहँदा कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई पनि गीत गाउन मन लाग्यो । उनले ‘तीजको बेलामा सबै जान्छन् माइत,आफ्नो माइती मुग्लान पारि छैन साइत’बोलको जनवादी गीत गाएर मनोरंजन प्रदान गरे । तीज पर्व विकृत बन्दै गइरहेकाले मौलिक सांस्कृतिक सम्पदालाई संरक्षण गर्न यस किसिमको कार्यक्रम अपरिहार्य भएको उपप्रमुख संग्रौलाले बताए । उनले हिन्दु धर्मावलम्बीहरुले आफ्नो संस्कार संस्कृति छोड्दै गएकोमा चिन्ता व्यक्त गरे । कार्यक्रमका विशेष अतिथि बिर्तामोड– ९ का कार्यबाहक वडा अध्यक्ष केशव बुढाथोकीले पनि तीज पर्वमा महिलाहरुले भित्र्याएको विकृतिले संस्कार संस्कृतिको महत्व घटेको बताए ।
कालीमाता मठमन्दिर ब्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष रविन बुढाथोकीको अध्यक्षतामा भएको तीज बिशेष कार्यक्रममा स्वागत मन्तव्य मन्दिर समितिका सल्लाहकार तथा आदर्श नवयुवा क्लवका संस्थापक अध्यक्ष काजी बुढाथोकीले गरेका थिए ।कालीमाता मठमन्दिर ब्यवस्थापन समितिले विगत ७ बर्षदेखि निरन्तर रुपमा तीज मिलन कार्यक्रम गर्दै आएको छ ।
आदर्श कीर्तन मण्डलीकी अध्यक्ष अम्बिका कटुवाललगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा विश्व हिन्दु महासंघ नेपालका सल्लाहकार सदस्य दीपक पाण्डे , खप्तडी बुढाथोकी क्षेत्री समाज झापाका अध्यक्ष योगेन्द्र बुढाथोकीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मन्दिर ब्यवस्थापन समितिका सचिव जगत कटुवालले गरेका थिए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…