विराटपोखरीमा आयोजित वडास्तरीय तीज नृत्य प्रतियोगितामा निशा तामाङ प्रथम

झापा । हरितालिका तीज पर्वको अवसरमा विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समिति बिर्तामोड ३ ले वडास्तरीय तीज नृत्य प्रतियोगिता सम्पन्न गरेको छ

प्रतियोगितामा वार्ड नं ६ की निशा तामाङ प्रथम, वार्ड नं ७ की रोशनी लिम्बू दोस्रो , वार्ड नं ३ की आयुसा अधिकारी तेस्रो र वार्ड नं १ की दृष्टि मित्तल सान्त्वना भएका छन् ।

त्यस्तै तीज नृत्य प्रतियोगितामा कीर्तन मण्डलीतर्फ विराट ज्योर्तिलिङ्ग समाबेशी कीर्तन मण्डली बिर्तामोड ३ विराटपोखरबाट भावना भुजेल गजमेर प्रथम, विराटपोखर महिला समूहबाट सृजना संग्रौला कडरिया दोस्रो,नवदुर्गा कीर्तन मण्डली बिर्तामोड–१० विराटपोखरबाट मुना थापा ओली तेस्रो र मनकामना कीर्तन मण्डली बिर्तामोड ९–१० बाट रन्जु सिटौलाले सान्त्वना पुरस्कार पाएका छन् ।

विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिका अध्यक्ष ईन्द्र प्रसाईको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईं ,बिशिष्ट अतिथि वडा नं ३ का वडा अध्यक्ष मदन बुढाथोकी ,वडा नं ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङ्वालगायतको उपस्थिति रहेको थियो। संस्थाका सहसचिव अर्जुन उप्रेतीले गरेको स्वागत गरेको कार्यक्रमको सञ्चालन भावना अधिकारी पाठक र सञ्चारकर्मी लीला अनमोलले गरेका थिए ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago