विराटपोखरीमा आयोजित वडास्तरीय तीज नृत्य प्रतियोगितामा निशा तामाङ प्रथम

झापा । हरितालिका तीज पर्वको अवसरमा विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समिति बिर्तामोड ३ ले वडास्तरीय तीज नृत्य प्रतियोगिता सम्पन्न गरेको छ

प्रतियोगितामा वार्ड नं ६ की निशा तामाङ प्रथम, वार्ड नं ७ की रोशनी लिम्बू दोस्रो , वार्ड नं ३ की आयुसा अधिकारी तेस्रो र वार्ड नं १ की दृष्टि मित्तल सान्त्वना भएका छन् ।

त्यस्तै तीज नृत्य प्रतियोगितामा कीर्तन मण्डलीतर्फ विराट ज्योर्तिलिङ्ग समाबेशी कीर्तन मण्डली बिर्तामोड ३ विराटपोखरबाट भावना भुजेल गजमेर प्रथम, विराटपोखर महिला समूहबाट सृजना संग्रौला कडरिया दोस्रो,नवदुर्गा कीर्तन मण्डली बिर्तामोड–१० विराटपोखरबाट मुना थापा ओली तेस्रो र मनकामना कीर्तन मण्डली बिर्तामोड ९–१० बाट रन्जु सिटौलाले सान्त्वना पुरस्कार पाएका छन् ।

विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिका अध्यक्ष ईन्द्र प्रसाईको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईं ,बिशिष्ट अतिथि वडा नं ३ का वडा अध्यक्ष मदन बुढाथोकी ,वडा नं ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङ्वालगायतको उपस्थिति रहेको थियो। संस्थाका सहसचिव अर्जुन उप्रेतीले गरेको स्वागत गरेको कार्यक्रमको सञ्चालन भावना अधिकारी पाठक र सञ्चारकर्मी लीला अनमोलले गरेका थिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago