एनएमसीले राहत कोषको लागि लिएको सदस्यको रकम फिर्ता गर्ने निर्णय

झापा। झापाको मेचीनगरमा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)आफ्नो निर्णयबाट पछि हटेको छ ।

सदस्यहरूको खाताबाट रकम कटौती गरी राहत कोषमा जम्मा गर्ने योजनाबाट एनएमसी पछि हटेको हो । यस वर्षदेखि रु. १ हजारभन्दा माथि सेयर कायम भएका सम्पूर्ण सदस्यहरुलाई रु.५० हजार मृत्यु राहत सुविधा र सदस्यका बाबु, आमा, छोरा वा छोरी वा दम्पत्तिको मृत्युमा रु. १० हजार शुद्धयाई खर्च बापतको सुविधा उपलब्ध गराउने र सो प्रयोजनका लागि सदस्यहरुबाट रु. ७ सय लागत सहभागिता गराउने र अपुग रकम संस्थाले बहन गर्ने गरी एनएमसीले त्यस्ता सदस्यहरुको खाताबाट रु ७ सय कटौती गरेको थियो ।

तर, कार्यान्वयन प्रक्रियाप्रति केही सदस्यहरुले गुनासो र असहमति जनाएपछि यस विषयमा आगामी दिनमा सदस्यहरुसँग थप छलफल र अन्तरक्रियाका माध्यमबाट अन्तिम निर्णयमा पुग्ने गरी हाललाई सदस्य कल्याणकारी कोषसम्बन्धी व्यवस्था स्थगन गरी उक्त कोषमा सदस्यको खाताबाट योगदान गराइएको रकम आजैका मितिमा फिर्ता गराई सदस्यको बचत खातामा जम्मा गर्ने निर्णय गरिएको प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले प्रेस विज्ञप्ति जारी गरी जनाएका छन् ।

उनले सदस्य मृत्यु राहत र शुद्धयाई खर्चसँग सम्बन्धित साविकको व्यवस्थालाई नै निरन्तरता दिइने जनाए । एनएमसीले विगतका वर्षहरुदेखि सदस्यको मृत्युमा राहत सुविधा, दीर्घरोग उपचार सुविधा, प्राकृतिक प्रकोपमा सहयोग जस्ता विभिन्न घटनाक्रममा राहत सुविधा प्रदान गर्दै आइरहेको छ । जसअन्तर्गत विगत केही वर्षदेखि सदस्यको लागत सहभागितामा ५ हजार रुपैयाँभन्दा माथि १० हजारसम्म सेयर कायम हुने सदस्यको मृत्युमा २५ हजार र १० हजारभन्दा बढी सेयर कायम हुने सदस्यको मृत्युमा ५० हजार रुपैयाँ मृत्यु राहत सुविधा प्रदान गर्दै आएको थियो । त्यो सुविधाबाट ५ हजारभन्दा कम सेयर कायम भएका सदस्यहरु बञ्चित थिए ।

संस्थाका सदस्यहरुको जीवनमा आइपर्ने विभिन्न प्रकारका विपत्ति तथा दुर्घटनामा संस्थाले विगतदेखि नै सदस्यको मृत्युमा रु. ५० हजारसम्म, दीर्घरोग उपचारमा रु. २५ हजारसम्म, परिवारजनको मृत्युमा शुद्धयाई खर्च बापत रु. १० हजार, प्राकृतिक प्रकोपमा रु. २५ हजारसम्म, दुर्घटना उपचार खर्च बापत रु. १० हजारलगायतका विभिन्न शीर्षकमा उपलब्ध गराउँदै आएको प्रमुख कार्यकारी अधिकृत उप्रेतीले बताए । सोही क्रममा विगत ७ वर्षदेखि विभिन्न शीर्षकमा ४ हजार ३८३ सदस्यहरुलाई ११ करोड ३३ लाख ४८ हजार ९९८ रुपैयाँ राहत सुविधा उपलव्ध गराएको संस्थाले जनाएको छ ।

Comments
Sanjay poudyal

Recent Posts

लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको नाचघरमा स्थलगत र प्राविधिक कामहरू धमाधम

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको  स्थलगत र प्राविधिक कामहरू…

55 years ago

मिस्टर काठमाडौंको उपाधि जितेको ४ दिनमै प्रकाशको हृदयघातका कारण निधन

काठमाडौं, पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र…

55 years ago

नेपाली ब्यवसायी संघ जापानको दोस्रो अधिवेशनको तयारी पुरा ।

टोकियो । जापानमा नेपाली ब्यवसायीहरुको संस्था नेपाली ब्यवसायी संघ (NBA) जापानमाम दोस्रो अधिवेशनको तयारी अन्तिम…

55 years ago

सबिन राई एण्ड फारोजको समर्पण टुर लण्डन क्यानडामा कार्तिक १० गते हुने

लण्डन/  लण्डनको प्रतिष्ठित म्युजिक हलमा नेपाली गित र संगीतका बादसहा सबिन राई एण्ड फारोजको समर्पण…

55 years ago

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न टोकियो, जापानमा रहेका गुरुङ (तमु) हरु विच…

55 years ago

विज ग्लोबल विज एकेडमी द्वारा केयर गिभर SSW कार्यक्रम सम्पन्न

विज ग्लोबल (Wiz Globle ) विज एकेडमी (Wiz Academy) एवं योकोहामा वेलफेयर सिटी म्यानेजमेन्ट एसोसिएसन …

55 years ago