किन सन्तानलाई आफ्नो मातृभाषा सिकाउन लजाउँछन् आमाबुवा ?

झापा। नेपाली समाजमा यस्तो मान्यता बसिसक्यो कि आफ्नो मातृभाषा बोल्यो भने सानो हुइन्छ अर्थात स्मार्ट बन्न सकिदैन । त्यही भ्रम भएर आधुनिक परिवेशका प्रायः हरेक नेपाली बाबुआमाले आफ्ना नवजात सन्तानलाई मातृभाषा सिकाउन चाहदैनन् ।

सन्तानलाई आफ्नो मातृभाषा सिकाउँदा आमाबुवा हिच्किचाउने र लजाउने गलत प्रवृति दिनहुँ दिन नेपाली समाजमा बढ्दै गएको हो । सानो उमेरमा आमाबुवाले नसिकाएकै कारण हुर्केका बढेका युवायुवतीमा मातृभाषाप्रतिको मोह घट्दै गएको छ ।

नेपालमा कुल जातजातिको संख्या १४२ पुगेको छ । साथै मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको छ ।राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार विसं २०६८ को जनगणनामा जातजाति १२५ रहेकामा हाल १७ थप भएको हो । झापामा आदिवासी जनजाति महासंघमा आवद्ध २२ वटा जाति छन् । आदिवासी जनजाति र त्यसबाहेकका समुदायमा पनि मातृभाषा संकटमा छ । सन्तान जन्मिएपछि प्रायः सबै आमाबुवाले आफ्ना सन्तानलाई सिकाउने पहिलो शव्द हो ‘मम्मी ’ । अंग्रेजी शब्द सिकाउँदा आफ्ना सन्तान सानैदेखि ट्यालेन्ट हुने भ्रम धेरै अभिभावकहरुमा रहेको आदिवासी जनजाति महासंघका अध्यक्ष चौधरी बताउँछन् । उनका अनुसार हरेक आमाबुवा चाहन्छन् कि उनीहरुका सन्तानले जीवनमा राम्रो प्रगति गर्न सकून् ,त्यसकारण मातृभाषाप्रति गहिरो लगाव हुँदाहुँदै आफ्नो मातृभाषाको सट्टा भविष्यमा काम दिने भाषाप्रति उनीहरुले जोड दिइरहेको पाइन्छ ।

भाषा शक्तिमा आधारित रहेकाले देश र समाजमा जुन भाषाको वर्चस्व छ , त्यही भाषा प्रचलनमा रहने प्राध्यापक विनोद गौतम टिप्पणी गर्छन् । उनले नेपालमा अंग्रेजी भाषाको अधिक मोह रहेकोमा अब केही वर्षपछि विश्वकै शक्तिशाली चीनको चिनीया भाषाको मोह बढेर जाने धारणा राखे ।

मातृभाषालाई पुस्तान्तरण गर्नुपर्नेमा अभिभावकहरुले नै मातृभाषाको संरक्षणप्रति देखाएको बेवास्ताले मानव समाजको भाषा, धर्म , संस्कार संस्कृतिमाथि घात पुगिरहेको अर्का प्राध्यापक डा. गोपी खतिवडा बताउँछन् । कुनै पनि जातिको पहिचानको आधार भाषा , धर्म , संस्कार र संस्कृति भएकाले यी हराउनु भनेको जाति नै हराउनु भएको उनले बताए ।

उनले अहिलेको गलत प्रवृतिलाई रोकथाम गर्न पालिकाहरुले विज्ञ समूह गठन गर्नुपर्ने र त्यो समूहले जाति समुदायको बीचमा गएर मातृभाषाको महत्वको बारेमा बुझाउने , विद्यालयमा कक्षा १ देखि नै ऐच्छिक विषयको रुपमा मातृभाषाको पठनपाठन गराउने व्यवस्था मिलाउनुपर्ने सुझाव दिए । हरेक अभिभावकले आफ्ना छोराछोरीसंग अनिवार्य रुपमा मातृभाषामा कुराकानी गर्ने नीतिनियम नै बनाउनुपर्ने उनको भनाई छ ।

एउटा परिवारले आफ्नो भाषा छोड्नु सामान्य लागेपनि भविष्यमा त्यो सिंगो जातिकै मातृभाषा लोप हुनसक्छ । खासगरी अल्पसंख्यक जातिमा त्यसको बढी खतरा देखिएको छ । अंग्रेजी शब्द सिकाउँदा आफ्ना सन्तान सानैदेखि ट्यालेन्ट हुने भ्रम धेरै अभिभावकहरुमा रहेकोले बढी खतरा देखिएको छ

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago