किन सन्तानलाई आफ्नो मातृभाषा सिकाउन लजाउँछन् आमाबुवा ?

झापा। नेपाली समाजमा यस्तो मान्यता बसिसक्यो कि आफ्नो मातृभाषा बोल्यो भने सानो हुइन्छ अर्थात स्मार्ट बन्न सकिदैन । त्यही भ्रम भएर आधुनिक परिवेशका प्रायः हरेक नेपाली बाबुआमाले आफ्ना नवजात सन्तानलाई मातृभाषा सिकाउन चाहदैनन् ।

सन्तानलाई आफ्नो मातृभाषा सिकाउँदा आमाबुवा हिच्किचाउने र लजाउने गलत प्रवृति दिनहुँ दिन नेपाली समाजमा बढ्दै गएको हो । सानो उमेरमा आमाबुवाले नसिकाएकै कारण हुर्केका बढेका युवायुवतीमा मातृभाषाप्रतिको मोह घट्दै गएको छ ।

नेपालमा कुल जातजातिको संख्या १४२ पुगेको छ । साथै मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको छ ।राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार विसं २०६८ को जनगणनामा जातजाति १२५ रहेकामा हाल १७ थप भएको हो । झापामा आदिवासी जनजाति महासंघमा आवद्ध २२ वटा जाति छन् । आदिवासी जनजाति र त्यसबाहेकका समुदायमा पनि मातृभाषा संकटमा छ । सन्तान जन्मिएपछि प्रायः सबै आमाबुवाले आफ्ना सन्तानलाई सिकाउने पहिलो शव्द हो ‘मम्मी ’ । अंग्रेजी शब्द सिकाउँदा आफ्ना सन्तान सानैदेखि ट्यालेन्ट हुने भ्रम धेरै अभिभावकहरुमा रहेको आदिवासी जनजाति महासंघका अध्यक्ष चौधरी बताउँछन् । उनका अनुसार हरेक आमाबुवा चाहन्छन् कि उनीहरुका सन्तानले जीवनमा राम्रो प्रगति गर्न सकून् ,त्यसकारण मातृभाषाप्रति गहिरो लगाव हुँदाहुँदै आफ्नो मातृभाषाको सट्टा भविष्यमा काम दिने भाषाप्रति उनीहरुले जोड दिइरहेको पाइन्छ ।

भाषा शक्तिमा आधारित रहेकाले देश र समाजमा जुन भाषाको वर्चस्व छ , त्यही भाषा प्रचलनमा रहने प्राध्यापक विनोद गौतम टिप्पणी गर्छन् । उनले नेपालमा अंग्रेजी भाषाको अधिक मोह रहेकोमा अब केही वर्षपछि विश्वकै शक्तिशाली चीनको चिनीया भाषाको मोह बढेर जाने धारणा राखे ।

मातृभाषालाई पुस्तान्तरण गर्नुपर्नेमा अभिभावकहरुले नै मातृभाषाको संरक्षणप्रति देखाएको बेवास्ताले मानव समाजको भाषा, धर्म , संस्कार संस्कृतिमाथि घात पुगिरहेको अर्का प्राध्यापक डा. गोपी खतिवडा बताउँछन् । कुनै पनि जातिको पहिचानको आधार भाषा , धर्म , संस्कार र संस्कृति भएकाले यी हराउनु भनेको जाति नै हराउनु भएको उनले बताए ।

उनले अहिलेको गलत प्रवृतिलाई रोकथाम गर्न पालिकाहरुले विज्ञ समूह गठन गर्नुपर्ने र त्यो समूहले जाति समुदायको बीचमा गएर मातृभाषाको महत्वको बारेमा बुझाउने , विद्यालयमा कक्षा १ देखि नै ऐच्छिक विषयको रुपमा मातृभाषाको पठनपाठन गराउने व्यवस्था मिलाउनुपर्ने सुझाव दिए । हरेक अभिभावकले आफ्ना छोराछोरीसंग अनिवार्य रुपमा मातृभाषामा कुराकानी गर्ने नीतिनियम नै बनाउनुपर्ने उनको भनाई छ ।

एउटा परिवारले आफ्नो भाषा छोड्नु सामान्य लागेपनि भविष्यमा त्यो सिंगो जातिकै मातृभाषा लोप हुनसक्छ । खासगरी अल्पसंख्यक जातिमा त्यसको बढी खतरा देखिएको छ । अंग्रेजी शब्द सिकाउँदा आफ्ना सन्तान सानैदेखि ट्यालेन्ट हुने भ्रम धेरै अभिभावकहरुमा रहेकोले बढी खतरा देखिएको छ

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago